अमेरिकी डलर हालसम्मकै उच्च

काठमाडाैं। अमेरिकी डलरको भाउ आइतबार डलर हालसम्मकै महँगो भएको छ। आइतबारको लागि एक अमेरिकी डलरको खरिददर १३३ रूपैयाँ ५७ पैसा र बिक्रीदर १३४ रूपैयाँ १७ पैसा तोकिएको छ। यो मूल्य हालसम्मकै उच्च हो।

यसअघि गत असार ७ गते डलरको भाउ १३४ रूपैयाँ १५ पैसा पुगेर नयाँ रेकर्ड बनाएको थियो। पछिल्लो रेकर्डभन्दा यो मूल्य २ पैसा बढी हो।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आइतबार युरोपियन युरो एकको खरिदमा भने १४५ रूपैयाँ ४७ पैसा र बिक्रीमा १४६ रूपैयाँ १२ पैसा पाइन्छ।

बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १७२ रूपैयाँ ६२ पैसा र बिक्रीदर १७३ रूपैयाँ ३९ पैसा तोकिएको छ।

त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८९ रूपैयाँ ४४ पैसा र बिक्रीमा ८९ रूपैयाँ ८४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९७ रूपैयाँ ४४ पैसा र बिक्रीमा ९७ रूपैयाँ ८७ पैसा पाइन्छ।

यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ६३ पैसा र बिक्रीमा ३६ रूपैयाँ ७९ पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ६१ पैसा र बिक्रीदर ३५ रूपैयाँ ७७ पैसा तोकेको छ।

युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ३७ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५३ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा आइतबार २८ रूपैयाँ ४९ पैसा र बिक्रीमा २८ रूपैयाँ ६२ पैसा पाइन्छ।

आइतबार कुवेती दिनार एकको खरिदमा ४३६ रूपैयाँ ७३ पैसा र बिक्रीमा ४३८ रूपैयाँ ६९ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५४ रूपैयाँ ३४ पैसा र बिक्रीदर ३५५ रूपैयाँ ९४ पैसा तोकिएको छ।

तपाईको प्रतिक्रिया