
तानसेन। सिद्धार्थ राजमार्ग तानसेन बुटवल सडक खण्डको हिउँदे खोला नजिक झन्डै ५० मिटर सडक पुनः भासिएको छ । तिनाउ गाउँपालिका–५ मा पर्ने यस स्थानमा वर्षासंगै तल्लो भाग खस्किदा सडक भासिएको हो। यो स्थानमा दुई वर्षअघि पनि सडक भासिएर सवारी आवागमनमा समस्या हुँदै आएको थियो ।
सडक डिभिजन कार्यालय पाल्पाले तल्लो भागमा रिटेनिङ वाल लगाएको र माथिल्लो भागमा सडक चौडा गरेको थियो । निरन्तरको झरीका कारण भासिएको सडकमा दोहोरो सवारी संचालनमा समस्या देखा परेको छ ।
भासिएको सडकमा पूर्ण रुपमा डाइभर्सन गराउन केही समय लाग्ने सडक डिभिजनले जनाएको छ । सडक भासिएपछि सवारी आवागमनमा समस्या देखिएको छ ।