हिउँदे खोला सडकः सूचना भन्दा धेरै समय बन्दले यात्रुलाई सास्ती

तानसेन।  सिद्धार्थ राजमार्गको पाल्पा खण्डमा पर्ने हिउँदे खोला नजिकै भासिएको सडकबाट यात्रा गर्ने यात्रुले तोकिएको भन्दा धेरै समय सडक बन्द हुँदा सास्ती खेप्नु परेको बताएका छन् । सो क्षेत्रमा रातिको समयमा यात्रा गर्दा जोखिम हुने भन्दै स्थानीय प्रशसानले दैनिक ११ घण्टा सडक बन्द गर्ने सूचना निकालेपनि दिनभर जसो सवारी आवागमनमा रोक लगाउँदा आफूहरुले सास्ती खेप्नु परेको यात्रुको गुनासो छ ।

रातिमा मात्रै सडक बन्द हुने सूचना निकाले पनि दिउँसो घण्टौसम्म सडक बन्द गर्दा समयमा गन्तव्यमा पुग्न नसक्नुसंगै बिरामी र अत्यावश्यक कामका लागि यात्रामा निस्केका यात्रुले निकै सास्ती खेप्नु परेको यात्रु श्याम घिमिरेले बताए।

दिउँसोमा सडक बन्द गर्ने भए सोही अनुसारको सूचना निकालेर बन्द गर्नुपर्ने अर्का यात्रु देबेन्द्र सिंजालीले बताए ।

“सूचनामा रातिमा मात्रै सवारी संचालनमा रो लगाउने छ ।तेही सूचना हेरेर हतार हतार यात्रामा निस्केको यहाँ त दिउँसै बन्द रहेछ । सूचना निकाले सहि सूचना दिएर सडक बन्द गरेको भएर हामीलाई सहज हुने थियो।” अर्की यात्रु स्मृती बस्यालले भनिन्।

गत आइबार सडक भाएिर एकतर्फी रुपमा सवारी पास गर्नसमेत समस्या भएपछि स्थानीय प्रशासनले अर्को व्यवस्था नभएसम्मका लागि बेलुका ७ बजेदेखि बिहान ६ बजेसमम अत्यावश्यक बाहेकका सावरी संचालनमा पूर्ण रोक लगाएको छ ।

उता दिउँसो भने भासिएको सडक मर्मत गर्नुपर्ने हुँदा सवारी रोकेर काम गरिएको सडक डिभिजन पाल्पाले जनाएको छ ।  सकेसम्म छिटो सहज आवागमनका लागि काम गर्नुपर्ने भएकोले दिउँसोमा पनि सवारी रोकेर काम गर्दै आएको सडक डिभिजन कार्यालयका सूचना अधिकारी दुर्गा गौतमले बताए।

हिउँदे खोला क्षेत्रमा गत आइतबार वर्षासंगै सडक भासिएपछि समस्या देखा पर्दै आएको हो ।  सुरुमा केही मात्रामा भासिंएको सडक वर्षा हुँनासाथ पुनः भासिदै जादा मंगलबार बेलुकसम्म करिब ६५ मिटर पुगेको थियो ।

जमिनमुनी पानी भएका कारण दैनिक रुपमा सडक भासिने र एकतफी रुपमा समेत सवारी संचालनमा समस्या देखा परेपछि रातिको समयमा सवारी संचालनमा रोक लगाइएको र दिउँसोमा काम गरेर सकेसम्म एकतफी रुपमा सवारी पास गर्नेगरी काम अघि बढाएको सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ ।

यो स्थानमा दुई वर्ष अघि पनि सडक भासिएर केही दिनसम्म सवारी आवागमनमा समस्या देखा परेको थियो ।

यो सडक  भएर पाल्पासंगै, बुटवल, सुनौलीसम्म तथा, गुम्ली, अँर्घाखाची, स्याङ्जा, पोखरा र बाग्लुङसम्मको यात्रा गर्ने यात्रुले सास्ती  खेप्दै आएका छन् ।

तपाईको प्रतिक्रिया