
काठमाडौं। बिहीबार एकैदिन सुनको भाउ तोलामा २४०० रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन प्रतितोला १ लाख ४७ हजार ४ सय रुपैयाँ रहेको सुन आज १ लाख ४५ हजार रुपैयाँ कायम भएको छ ।
यसअघि साउन २ गते सुनको मूल्य हालसम्मकै उच्च एक लाख ४९ हजार ८ सय रुपैयाँ पुगेको थियो । त्यस्तै चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८०५ रुपैयाँ कायम भएको चाँदी यस दिन १७५० रुपैयाँमा झरेको महासंघले जनाएकाे छ ।