पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घट्यो

तानसेन । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ । बिहीबार साँझ बसेको आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ रुपैँया र डिजल तथा मट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य घटाउने निर्णय गरेको हो ।

घटेको मूल्य बिहीबार राति १२ बजेदेखि लागू हुनेछ । घटेको मूल्य अनुसार चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा पेट्रोल प्रतिलिटर १६२, डिजल र मट्टीतेल १५२ रुपैयाँ कायम भएको छ ।

त्यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोल प्रतिलिटर १६४, डिजल तथा मट्टीतेल १५४ रुपैयाँ कायम भएको छ । काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ र डिजल तथा मट्टीतेल १५५ रुपैयाँ कायम भएको निगमले एक सूचनामार्फत जानकारी दिएको छ ।

तपाईको प्रतिक्रिया