युवालाई शास्त्रीय विधिबाट जनै बनाउने तालिम

तानसेन।  पछिल्ला वर्षहरुमा जनै बनाउने प्रचलन हराउँदै गएपछि पाल्पामा जनै बनाउने तालिम अयोजना गरिएको छ । बह्रामण समाज नेपाल पाल्पाले मेसिनबाट निर्मित जनैलाई निरुत्साहित गरी शास्त्रीय विधिबाट निर्मित जनैको प्रर्बधनका लागि तीन दिने तालिम चलाएको हो।

तानसेन नगरपालिका वडा नं. २ को एक लाख रुपैँया सहयोगमा आयोजित तालिममा युवा पुस्ता र महिलालाई पनि शास्त्रीय विधिबाट जनै बनाउन सिकाइएको हो।

आयातित जनै विधिअनुसार नरहेको हुँदा शास्त्रीय विधिअनुसारका जनै निर्माण गर्नका लागि तालिमको संचालन गरिएको बह्रामाण समाज नेपाल पाल्पाका अध्यक्ष, धर्मचन्द्र नेपालले जानकारी दिए।

जनै निर्माण गर्ने पेशा नै हराउँदै गएपछि प्रचीनदेखिको सस्कृतिको संरक्षणसंगै जनै बनाउने सीपलाई पेशा व्यवसायका रुपमा समेत विकास गर्न सहयोग पुग्ने उद्देश्यले तालिमको आयोजना बताइएको छ ।

तालिमका सहभागीले सीप सिकेर आगामी वर्षदेखि यसको उत्पादन गर्न आफूहरु लागि पर्ने बताएका छन् ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer