तानसेन । पाल्पामा भारतीय पर्यटक बोकेको जीप दुर्घटना हुँदा एक जना पर्यटकको मृत्यु भएको छ। आइतबार राति पौने ११ बजे तानसेन – रानीमहल सडक खण्डको तानसेन-१ नारायणडाँडा नजिकै युपी१४ डी.एन. ०१०४ नंम्बरको रातो कार आफै अनियन्त्रित हुँदा भारतको उत्तर प्रदेश बस्ने २८ वर्षीय विकास पाठकको मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी सुगन्ध श्रेष्ठका अनुसार गम्भीर घाइते भएका पाठकलाई उद्दार गरी अस्पताल पुर्याउदा चिकित्सकले मृत घोषणा गरेका हुन्।
पाठक गाडीका चालक हुन् ।गाडीमा सवार अन्य पर्यटक भने सकुशल रहेको प्रहरीले जनाएको छ। उनीहरु सदरमुकाम तानसेनबाट बास बस्नका लागि रानीमहलतर्फ जाने क्रममा दुर्घटना भएको बुझिएको छ।
दुर्घटनाबारे थप अनुशन्धान जारी रहेको प्रहरीले जनाएको छ ।