
पाल्पा । पाल्पाको माथागढी गाउँपालिका ४ सुर्काबासको खोलाले बगाएर एकजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पाल्पा जिल्ला तिनाउ गाउपालिका ४ विजनचौरका ५३ वर्षीय शेरबहादुर चौहान रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
सुर्काबासस्थित झुम्सा खोला तर्ने क्रममा आज दिउसो बगाएर १५० मिटर तल मृत अवस्था भेटिएको जिप्रका पाल्पाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी सुगन्ध श्रेष्ठले बताए । अहिले शवलाई पोष्टमार्टममा लागि पाल्पा अस्पताल तानसेन ल्याइएको सूचना अधिकारी श्रेष्ठले बनाए ।