धेरै पानी पर्ने हुँदा रात्रि बस चलाउन रोक

काठमाडौं।  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षाबाट उच्च जोखिममा रहका जिल्लामा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । प्राधिकरणले सूचना जारी गर्दै आज (बिहीबार) रातिदेखि आइतबारसम्म देशैभर धेरै वर्षा हुने सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको हो ।

यसअघि जल तथा मौसम विज्ञान विभागले ५६ जिल्लामा धेरै वर्षा हुने जनाएको छ । विभागले ती जिल्लाहरूमा जनधनको क्षति हुनसक्ने भन्दै सजग गराएको थियो । विभागले चार दिन धेरै एवं अति धरै मनसुनी वर्षाबाट सातवटै प्रदेशका ५६ जिल्ला उच्च जोखिममा रहने प्रक्षेपण गरेको भन्दै प्राधिकरणले आवश्यक सतर्कता अपनाउन भनेको हो ।

प्राधिकरणले वर्षाको उच्च जोखिम रहेका हिमाली तथा पहाडी जिल्लाहरूमा असोज ११ र १२ गते रात्रिकालीन बस नचलाउन आग्रह गरेको छ । यस्तै प्राधिकरणले धान नकाट्न र काटिसकेको भए थन्काउन पनि अनुरोध गरेको छ ।

पहिरोको जोखिम भएका स्थानमा र नदी किनाराका बस्तीमा उच्च सतर्कता अपनाउने आग्रह गर्दै प्राधिकरणले दाउरा निकाल्न तथा माछा मार्न नदी किनारमा नजाने पनि भनेको छ ।

bb

तपाईको प्रतिक्रिया