तानसेन खानेपानी उपभोक्ता समितिको कार्यालय शितलपाटीमा स्थापना

पाल्पा । तानसेन खानेपानी उपभोक्ता समितिको कार्यालय विहिबार तानसेनमा स्थापना गरिएको छ । तानसेन नगरपालिका ३ शितलपाटीमा कार्यालयसँगै काउन्टर सेवाको एक कार्यक्रमका बीच शुभारम्भ गरिएको हो ।

नयाँ कार्यालय स्थापना गर्ने कार्यक्रममा लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती, लुम्बिनी प्रदेश सभा सदस्य वीरबहादुर राना, जिल्ला स्थित राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरूसँगै, प्रमुख जिल्ला अधिकारी सहितका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

घटस्थापनको शुभ साइतको समयमा नयाँ स्थानबाट प्रशासनिकसँगै पदाधिकारीहरूको कार्यकक्ष स्थापना गरिएको तानसेन खानेपानी उपभोक्ता समितिका अध्यक्ष मोहन प्रसाद श्रेष्ठले बताए । हामीहरूले वार्षिक कार्ययोजना अनुसार काउन्टर सुधारसँगै डिजिटल सिस्टमबाट काम गर्न लागेको अध्ष्क्ष श्रेष्ठले बताए ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको