
तानसेन।पाल्पामा ज्ञानका लागि ध्यान अभियान सुरु भएको छ । रिब्दीकोट गाउँपालिकाको धार्मिक र पर्यटकीय स्थल भैरवस्थानबाट अभियान सुरु भएको हो।
अभियानको सुभारम्भ गर्दै रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्कीले जीवनमा आफ्नो लक्ष्य प्राप्त गर्न ध्यान अतिआवश्यक रहेको बताए। उनले पछिल्लो समय मानिसमा विभिन्न विचलन र नकारात्कम पक्षतर्फ बढी केन्द्रीत हुने गरेकोमा यो अभियानले मानिस र समाजलाई सकारात्मक बनाउन टेवा पुग्ने बताए।
जीवनलाई सफल र सार्थक बनाउन ध्यान गर्ने बानीको विकास गर्नुपर्ने बताउँदै अध्यक्ष कार्कीले ध्यान गर्ने बानी गर्नुपर्नेमा जोड दिए। गाउँपालिकाकी उपाध्यक्ष कान्ता अधिकारीले जीवनका लागि ध्यान र ज्ञानको महत्वपूर्ण भूमिका रहेको बताइन्।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले समाज सुधारका लागि ध्यान महत्वपूर्ण हुने उल्लेख गर्दै अभियानलाई सार्थक बनाउने गरी लाग्न सुझाव दिए।
अभियान्ता दर्गा पोखरेल (स्वामी ध्यान चेष्टा) ले आफ्नो आफू ५० औं वर्ष पूरा भएको अवसरमा समाजलाई समुनत बनाउनका लागि ध्यान अभियानको शुभारम्भ गरेको उल्लेख गरे।
अभियानमा विद्यार्थीदेखि वृद्ध उमेर समूहका सबै मानिसलाई सहभागी बनाउने र सकारातमकतातर्फ सबैलाई उन्मुख गाउन विभिन्न क्रियाकलाप गरिने बताइएको थियो ।