
तानसेन। पाल्पाको रम्भा गाउँपालिका ३ अगाहखोलामा सवारी दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्ला रम्भा गाउँपालिका ३ का २३ वर्षीय भुवन सिंह राना रहेको प्रहरीले जनाएको छ। घाइते चालकको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचारको क्रममा मृत्यु भएको हाे।
रम्भा-३ अगाहाखोलास्थित सिद्धार्थ राजमार्गमा बुटवलबाट पोखरातर्फ जाँदै गरेको लु १ ख ९३५१ नम्बरको ट्रक अचानक अनियन्त्रित भई दुर्घटना हुँदा सोही दिशा तर्फ जाँदै गरेको ना १ क ७१२१ नम्बरको ट्रकलाई पछाडीबाट ठक्कर दिदा चालक रानाको दाहिने खुट्टा च्यापिएको अवस्थामा भेटिएको प्रहरी नायव उपरीक्षक सुनिल मल्लले जानकारी दिए।
सोही दुर्घटनामा १ क ७१२१ नम्बरको ट्रकको सह–चालक स्याङ्जाको वालिङ १० बस्ने वर्ष २१ को सन्जित खवास थापा घाइते भएका छन् । सह-चालक खवासको हातमा चोट लागेको प्रहरीले जनाएको छ ।उनको उपचार जारी रहेको छ।