आफुलाई ठूलाबडा, शक्तिशाली भन्नेहरुले भ्रष्टाचार गरे, लुटेर स्वर्ग आफ्नो बनाएर आनन्द मनाइरहेकाहरुको अहिले निदाहराम भएको छ ; उपाध्यक्ष श्रेष्ठ

पाल्पा । नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री नारायण काजी श्रेष्ठले आफुलाई ठूलाबडा, शक्तिशाली भन्नेहरुले भ्रष्टाचार गरे, लुटेर स्वर्ग आफ्नो बनाएर आनन्द मनाइरहेकाहरुको अहिले निदाहराम भएको बताएका छन् ।

पाल्पाको तानसेनमा माओवादी केन्द्र अगुवा कार्यकर्तासँगको भेटमा कुन दिन मेरो ढोकामा प्रहरी आइपुग्ने हो भन्ने डरमा भ्रष्टाचारीहरु पुगेको वरिष्ठ उपाध्यक्ष श्रेष्ठले बताएका छन् ।

“त्यो स्थिति हामीले ल्याएको हो । भ्रष्टाचार विरोधी अभियान सबै देशलाई चाहिन्छ । विकास र सम्वृद्धिको समस्या सुशासनको अभाव हो । नेपालमा पुँजीवादी क्रान्ति त सम्पन्न भयो । यो पुँजीवाद दलाल र नोकरशाही पुँजीवाद हो” उपाध्यक्ष श्रेष्ठले भने, “राष्ट्रिय पुँजीको विकास गरेर उत्पादक शक्तिको विकास गरेर स्वावलम्बी र स्वतन्त्र बनाउने हो ।”

दलाल पुँजीवाद हाम्रो विकासको अवरोध हो भने यो भ्रष्टाचार विरोधी अभियान चाहिँ दलाल नोकशाही पुँजीवाद विरुद्धको संघर्ष रहेको उपाध्यक्ष श्रेष्ठले बताए ।
माओवादी सरकारमा जाने कुनै पनि लाइन नभएको र माओवादी पार्टीको पुनर्गठन, रुपान्तरणमा लाग्ने हो । माओवादी सरकार बनाउने र भत्काउने पक्षमा नलाग्ने र जनताको पक्षमा काममा केन्द्रीत हुने उपाध्यक्ष श्रेष्ठले बताए । एकता गर्न सम्भव हुनेहरुलाई एकता गरी अगाडि बढ्ने, समाजवादी मोर्चालाई पनि एकसाथ अगाडी बढाउने पक्षमा छौं । माओवादी जिल्ला प्रदेश स्तरमा सरकारको विरुद्धमा खबरदारी सभा गर्ने उपाध्यक्ष श्रेष्ठले बताए ।

कार्यक्रममा नेकपा माओवादी केन्द्रका पाल्पा जिल्ला इन्चार्ज नेत्र प्रसाद पाण्डेयले माओवादीको नेतृत्व सरकारमा हुँदा जनतामुखी काम गरिरहेको बताए । कार्यक्रममा पाल्पा जिल्लामा केन्द्रका केन्द्रीय सदस्य, प्रदेशका सदस्य, जिल्ला सदस्यहरुको सहभागिता रहेको थियो । कार्यक्रम नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष राजेन्द्र विश्वकर्माको अध्यक्षता र सचिव मथुरा ढकालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया