पाल्पा । रिब्दीकोट गाउँपालिका, वडा ७ मा वृद्ध एकल पुरुषहरूलाई सहयोग गर्ने उद्देश्यले न्यानो बल्यान्केट वितरण कार्यक्रम सम्पन्न भएको छ । चालू आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक कार्यक्रम अन्तर्गत यहाँका ८० जना व्यक्तिहरूलाई न्यानो बल्यान्केट वितरण गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथि नारायण बहादुर कार्कीले बल्यान्केट हस्तान्तरण गर्दै जाडो मौसममा वृद्ध, एकल पुरुषहरूलाई सुरक्षित रहन सहयोग पुग्ने बताए । उनले आगामी वर्षहरूमा पनि यस्ता सहयोगात्मक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्ध व्यक्त गरे ।
प्रमुख प्रशासकीय अधिकृत लेखनाथ पोखरेलले जाडो मौसममा वृद्धहरुलाई सुरक्षित बनाउन यस्ता कार्यक्रमहरूले महत्वपूर्ण योगदान गर्ने बताए । उनले आगामी दिनमा पनि यस प्रकारका कार्यक्रमलाई निरन्तरता दिनुपर्ने आवश्यकता रहेको बताए ।
रिब्दीकोट गाउँपालिका वडा ७ का वडा अध्यक्ष दान बहादुर कुँवरको अध्यक्षतामा सम्पन्न भएको थियो ।

