पाल्पा । पहाडी जिल्ला पाल्पामा कोदो खेती प्रति रुचि विस्तारै हराउँदै गएको थियो । बहुउपयोगी कोदो बालीको महत्व बुझ्न थालेपछि पाल्पामा कोदो खेती प्रति किसानहरु आकर्षित भएका छन् । कोदोको परिकार खानाले मानव स्वास्थ्यका लागि लाभदायिक रहेको छ । पाल्पाको रैनादेवी छहरा गाउँपालिका ५ मुझुङ्गकी शोभा राना अहिले कोदोबाली खेती गर्दैछिन् ।
पहिला पहिला कोदो खेती गर्न रुचि हराएको थियो । कोदो खेती गर्न छाडेपछि कोदोको परिकारहरु खान समेत छाडेका थिए । तर, कोदो बालीको महत्व बुझ्न थालेपछि कोदो खेती प्रति आकर्षित भएको हुन ।
रैनादेवी छहरा गापा ५, मुझुगकी शोभा रानाले आफुहरुले अहिले कोदोवाली खेती गर्न थालिएको बताइन् । जाडो मौसममा पनि कोदोको परिकार खानका लागि कोदो खेती गरिएको हो ।
कोदोको परिकारहरुमा क्याल्सियम, कार्बोहाइड्रेड, प्रोटिन, चिल्लो पदार्थ, थाईमिन तथा रेसादार वस्तु पाइन्छ । कोदोमा चामल र मकैभन्दा ३५ गुणा र गहुँभन्दा ८ गुणा बढी क्याल्सियम पाइन्छ । कोदोका परिकारमा प्रोटिन, भिटामिन, ऊर्जा तथा खनिजको प्रमुख स्रोत हो ।
सामान्य स्वस्थ व्यक्ति मात्र नभई बालबालिका, गर्भवती, मधुमेह, रक्तचापका बिरामीलाई समेत कोदो खानाले उल्लेख्य फाइदा पुग्छ । केटाकेटी, बुढाबुढी र सबैका लागि कोदोको रोटी र ढिंडो सजिलै पच्ने भएकाले यो स्वास्थ्यवद्र्धक पनि छ । तर, कोदोका परिवारहरु खान नपाउँदा शहरी क्षेत्रका अभिभावक भने चिन्तित छन् ।
रैनादेवी छहरा गापा ४ अम्लाबासकी तुल्सी ज्ञवालीले अहिले कोदो खेती गर्न मन भएपनि कोदो बीउ पाउनै मुश्किल भएकोमा चिन्तित हुनुहुन्छ । जाडो महिनामा नानीबाबुहरुका लागि कोदोको खानाका परिकार खादा स्वास्थ्यलाई लाभदायिक हुने ज्ञवालीको भनाई छ ।
पाल्पाको रैनादेवी छहरा गाउँपालिकाले रैथानेवालीहरुको संरक्षण गर्न लागि परेको छ । कृषि विज्ञको सिफारिस अनुसार गाउँपालिकाले प्रत्येक वडामा रैथानेवालीको प्रवद्र्धन गर्न लागिएको रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रुकमाङगत भटट्राईले बताए ।
दुई नगरपालिका र आठ गाउपालिका रहेको पाल्पामा कोदो खेतीका लागि उपयुक्त मानिन्छ । किसानले परम्परागत रुपमा उत्पादन गरिदै आएका कोदो लगायतका रैथाने कृषि बालीहरु संरक्षण गर्नुपर्छ । स्थानीय स्तरमा उत्पादित कृषि बालीहरुलाई आधुनिक रुपमा खेती गरी लगानी अनुसारको प्रतिफल प्राप्तिका लागि स्थानीय सरकारले किसानलाई सहयोग गर्नुपर्ने किसानहरुको भनाई छ ।