यात्रु र गाडी चालकलाई सधैँ सास्ती

पाल्पाको हार्थोक–छहरा सडक नाजुक अवस्थामा

पाल्पा । रामपुर–कपुरकोट सडक खण्ड अन्तर्गत पाल्पा जिल्लाको हार्थोक–छहरा सडक नाजुक बन्दै गएको छ । यो दुरवास्थामा रहेको सडकमा यात्रा गर्दा यात्रुहरुले सास्ती खेपिरन बाध्य भएका छन् ।

सडकको स्तरोन्नति हुन नसक्दा यात्रुलाई समयमा गन्तव्यमा पुग्न सकस भएकै छ । नाजुक सडकमा यातायातका साधन गूडाउन पर्दा नियमित चेकजाँच गर्नुपर्ने र सवारी धनीलाई नाफा भन्दा नोक्सानी बढी हुँदै गएकोमा चिन्तित छन् ।

पाल्पाको रामपुर देखि सल्यानको कपुरकोट सडक लुम्विनी प्रदेश सरकारको गौरवको आयोजना सञ्चालनमा छ । रामपुर–कपुरकोट सडक खण्ड अन्तर्गत पाल्पा जिल्लाको हार्थोक–छहरा सडकमा यातायातका साधन गूडाउन मिल्ने मात्र छैन ।

यो सडकमा पैदल यात्रु समेत हिड्न मुश्किल छ । सडकमा कालोपत्रे भेटिदैन, कतै सडकमा पानी बगेर खोल्सा बनेका छन् । कतै सडकको तल्लो भागमा पहिरोले बगाएर लगेको स्थानीयबासिन्दा मीना खड्काले बताइन् । यस सडकले यात्रुसँगै गाडी चालकले जोखिम मोलेर यात्रा गर्न बाध्य भएको गाडी चालक कृष्ण प्रसाद श्रेष्ठले बताए ।

लुम्विनी प्रदेश सरकारले पाल्पाको रामपुर देखि सल्यानको कपुरकोट गौरवको आयोजना अन्तरगत हार्थोक छहरा, तीनगिरेसम्म सडकको स्तरोन्नतिका लागि चालु आर्थिक वर्ष २०८१।८२ मा ४ करोड बजेट विनियोजन भएको छ । यो सडकको डीपीआर पुरा भएको यातायात पुर्वाधार निर्देशनालय, बुटबल इन्जिनियर प्रमुख गोबिन्द प्रसाद खनालले बताए ।

। स्टमेट तयारी गरी बहुवर्षीय स्वीकृत गरेर सडक निर्माणका लागि ठेण्डर गर्न लागिएको छ । यो वर्ष झण्डै १० प्रतिशत सडकको काम हुनेछ । सडकको चौडाई १० मिटर, नाली, वाल र कालोपत्रे काम हुने इन्जिनियर प्रमुख गोबिन्द प्रसाद खनालले बताए ।

तानसेन, हार्थोक, छहरा, तीनगिरे सडक पाल्पा र अर्घाखाँची जिल्ला जोड्ने सडक हो । त्यसैले यो सडकको कामलाई चासोको साथ अगाडि बढाउन थालिएको हो । हार्थोक, छहरा, तीनगिरे सडकलाई प्रदेश सरकारले बहुवर्षीय योजनाका रुपमा काम अगाडि बढाएको लुम्बिनी प्रदेशसभा
सभामुख तुलाराम घर्ती मगरले बताए ।

पश्चिम पाल्पाको लाइफलाइन सडक हो । कृषि उत्पादनलाई तानसेन र बुटबल लैजान सहज हुनेछ । शहरी क्षेत्रबाट ग्रामीण क्षेत्र समान ढुवानी गर्ने मुख्य सडक रहेको लुम्बिनी प्रदेशसभाका सभामुख तुलाराम घर्ती मगरले बताए ।

रामपुर कपुरकोट सडक खण्ड अन्तरगत हार्थोक, छहरा सडकको गुणस्तरीय सडक निर्माण भए नागरिकको यात्रा सुरक्षित हुने थियो । लुम्विनी प्रदेश सरकारको गौरवको आयोजनाको काम समयसीमा गराउनुपर्ने देखिएको छ ।

तपाईको प्रतिक्रिया