पर्यटकीय चहलपहल बढाउन सभामुख घर्तीको सुझाव

तानसेन। लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्तीमगरले गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल संचालनले लुम्बिनी प्रदेशका पहाडी जिल्लाको पर्यटकीय गतिविधि चलायमान गर्नमा टेवा पुग्ने बताएका छन् । उनले पहाडी जिल्लाहरुमा पर्यटकीय सम्भावना धेरै रहेकोमा विमानस्थल पूर्ण रुपमा संचालन हुन थालेपछि पर्यटकीय चहलपलह बढ्ने बताए।

रैनादेवीमा आयोजित न्वागी मेलालाई सम्बेधन गर्दै सभामुख घर्तीले प्रदेश सरकारले पर्यटन पर्वधनका योजना अघि सारेकोमा स्थानीय तहहरुले पनि सहकार्य गर्न जारुरी रहेको उल्लेख गरे। विदेशी पर्यटक आर्कषण गरी प्राकृतिक सोन्दर्यता अवलोकन र धार्मिक पर्यटकलाई आर्कषण गर्ने खालको वातारण मिलाउनका लागि स्थानीय तहहरुले पनि पहल गर्नुपर्ने उनले बताए ।

“अहिले भैरहवामा देश तथा विदेशबाट धेरै पर्यटक आउन सहज वातावरण भएको छ । उनीहरुलाई आर्कषण गर्ने गरी योजना बनाएर अघि बढ्नुपर्छ। पर्यटकको आवागमन बढाएर नागरिकको जीवनस्तर उकास्ने खालका योजना अघि सार्नुपर्छ।” सभामुख र्घीले भने ।

लुम्बिनी प्रदेशमै पाल्पा जिल्ला धार्मिक, सास्कृति र ऐतिहासिक सम्पदाले भरिपूर्ण जिल्ला रहेको हुँदा यस्ता सम्पदा र संरचनाको पहिचान र प्रर्बधनमा प्रदेश सरकारसंग स्थानीय तहले सहकार्य गरेर अघि बढ्नपर्नेमा उनले जोड दिए।

तपाईको प्रतिक्रिया