तानसेन। पश्चिम पाल्पाको छहरा बजार जथाभावी पार्किङका कारण कुरुप बन्दै गएकाे छ । रैनादेवी छहरा गाउँपालिकाको केन्द्र समेत रहेको छहरा बजारमा सवारीको चाप बढेअनुसार पार्किङको व्यवस्था नहुँदा समस्या भएको हो ।
पश्चिम पाल्पासंगै अर्घाखाचीसम्म यात्रा गर्ने मुख्य सडक रोक्ने र यात्रु झार्ने यो बजारमा जथाभावी पार्किङका कारण पैदल यात्रुलाई समेत समस्या समस्या हुने गरेको युासो गरेका छन् ।
अव्यवस्थित पार्किङले ट्राफिक व्यवस्थापनसंगै व्यवसायीलाई समेत सास्ती पुग्ने गरेको स्थानीयले बताएका छन्। बजार क्षेत्रमा पार्किङका लागि उचित स्थान नहुदा मुख्य बजारका सडकमा जथाभावी सवारी साधान पार्किङ हुने गरेका छन ।
पार्किङका लागि निश्चित स्थान नहुँदा मुख्य बजार र सडकमै जथाभावी सवारी साधन रोकेर सडकलाई पार्किङस्थलको रुपमा प्रयोग गर्ने क्रम बढेपछि दुर्घटनाको जोखिम पनि बढेको स्थानीय व्यापारीले बताएका छन् ।
उता स्थानीय सरकारले भने समस्याका रुपमा रहेको पार्किङ व्यवस्थापनलाई योजना बनाएर अघि बढाउने जनाएको छ । चालु आर्थिक वर्षमा सडक विस्तार गर्ने काम सुरु गरिने त्योसंगै पार्किङ व्यवस्थापनको योजना अघि सारिने गाउँपालिका उपाध्यक्ष युवराज थापाले बताए।