पाल्पा । किसानहरूको उत्पादन क्षमता वृद्धि र जीवनस्तर सुधार गर्ने उद्देश्यले रैनादेवी छहरा गाउँपालिका वडा नं. ३ भुवनपोखरीले ५० प्रतिशत अनुदानमा आलुको उन्नत जातको बीउ वितरण गरेको छ ।
रैनादेवी छहरा गाउँपालिका वडा नं. ३ भुवनपोखरी अन्तर्गत २८ वटा कृषक समूह र कृषि सहकारीलाई ७,००० केजी आलुको बीउ प्रदान गरिएको छ । यस अवसरमा वडा अध्यक्ष प्रदीप क्षेत्रीले यो वितरण कार्यक्रमले किसानहरूको आत्मनिर्भरता बढाउन र आर्थिक गतिविधि सक्रिय बनाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
उनका अनुसार आलु उत्पादनको प्रवद्र्धनले खेती प्रणालीलाई सुधार गर्ने र समग्र गाउँपालिकाको कृषि तथा आर्थिक विकासमा योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
स्थानीय किसानहरूले आलुको उन्नत जातको बीउले उनीहरूको उत्पादनमा गुणात्मक सुधार आउने र कृषि क्षेत्रलाई थप व्यावसायिक बनाउने विश्वास व्यक्त गरेका छन् । यस्तो पहलले स्थानीय स्तरमा कृषि प्रणालीको सुदृढीकरण गर्न महत्वपूर्ण सहयोग पुग्ने अनुमान गरिएको छ ।
चुनावका बेला नागरिकका आधारभूत आवश्यकता पुरा गर्न जीवीकोपार्जनका कार्यक्रम सञ्चालन गर्ने प्रतिवद्धता अनुसार कृषि उत्पादन अन्तरगर्त आलुको बीउ वितरण गरिएको अध्यक्ष क्षेत्रीले बताए ।