सुनकाे मूल्य घट्याे

काठमाडाैं। साेमबार सुनको मूल्य प्रतितोला रू एक हजार दुई सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आईतबार प्रतितोला रू एक लाख ५० हजार पाँच सयमा कारोबार भएको सुनको मूल्य आज घटेर प्रतितोला रू एक लाख ४९ हजार तीन सय कायम भएको हाे ।

नेपाली बजारमा आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी प्रतितोला रू २५ ले घटेर रू एक हजार आठ सय १५ मा कारोबार हुने महासङ्घले जनाएको छ ।

 

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer