
पाल्पा। तानसेन नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई ३३ औ अन्तरास्ट्रिय अपांगता दिवसको अवसरमा तिनदिने सरफ बनाउने तालिम प्रदान गरेको छ । नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूलाई सिपमुलक कार्यक्रमको माध्यमबाट स्वरोजगार बनाउने उधेश्यले ३ दिने सरफ बनाउने तालिम प्रदान गरेको हो ।
तालिमको शुभारम्भ गर्दै नगर प्रमुख सन्तोषलाल श्रेष्ठले तालिमको माध्यमबाट अपाङ्गता भएका व्यक्तिहरूलाई सीपमूलक शिक्षा प्रदान गरी आर्थिक रूपमा सक्षम बनाउन तालिम शुरू गरेको जनाए । नगर प्रमुख श्रेष्ठले तालिमले अपांगता भएका व्यक्तिहरूलाई आत्मनिर्भरता बनाउन, समुदायमा उनीहरूको स्थान बलियो बनाउन र समावेशी समाज निर्माणमा टेवा पुर्याउने उधेश्यले तालिम शुरू गरिएको बताए। सरफ बनाउने जस्ता व्यावसायिक सीपहरूले स्थायी आय आर्जनका लागि अवसर सिर्जना गर्ने बताए। तालिम केवल सीप सिक्ने प्रक्रिया मात्र होइन, यो अपाङ्गता भएका व्यक्तिहरूलाई सशक्त बनाउँदै उनीहरूको क्षमता उजागर गर्न एक महत्वपूर्ण अवसर रहेको उनले बताए ।
कार्यक्रममा नगरपालिकाकी उप प्रमुख प्रतिक्षा सिङ्जालीले नगरपालिकाले यस्ता कार्यक्रमहरूलाई प्राथमिकतामा राख्दै आएको बताइन् । अपाङ्गता भएका व्यक्तीहरूको जीवनस्तर सुधार गर्न नगरपालिकाले यस्ता प्रयासलाई निरन्तरता दिने बताउदै उनले तालिमले अपाङ्गता भएका व्यक्तिहरूलाई सशक्त बनाउन र उनीहरूको आर्थिक आत्मनिर्भरता सुनिश्चित गर्न ठूलो भूमिका खेल्ने बताइन् ।
प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले सरफ उत्पादन जस्तो व्यावसायिक सिपले घरायसी आवश्यकतामा सहजीकरण गर्दै आर्थिक उपार्जनका लागि पनि मार्ग प्रशस्त गर्ने बताए।
तानसेन नगरपालिकाले यस प्रकारका कार्यक्रमहरूलाई उच्च प्राथमिकता दिएको छ र आगामी दिनमा पनि अपाङ्गता भएका व्यक्तिहरूका लागि थप सशक्तिकरणका गतिविधिहरू सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।
मेहनत, सीप र आत्मविश्वासले जीवनमा सकारात्मक परिवर्तन ल्याउने हुदा तालिममा सिकेका कुरालाई व्यवहारिकता प्रदान गर्न आग्रह गरे।