तानसेनमा घर नक्सा सम्बन्धि अनुशिक्षण तालिम सम्पन्न

तानसेन। तानसेन नगरपालिकाको आयोजनमा भवन तथा बाटो निर्माणकर्मी संघका लागि घर नक्सा सम्बन्धि अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नगरपालिकाले भवन तथा बाटो निर्माण कर्मि संघका पदाधिकारीहरूको व्यावसायिक दक्षता अभिवृद्धि ,सुरक्षित निर्माण, स्थानीय सरकारका मापदण्ड र नीतिको कार्यान्वयन, आर्थिक बचत र समय व्यवस्थापन, पर्यावरण संरक्षण, रोजगारीका अवसर वृद्धि,निर्माण क्षेत्रमा गुणस्तर सुधार,नगर तथा समाजको समग्र विकासमा टेवा पुर्याउने उधेश्यले अनुशिक्षण कार्यक्रम गरेको जनाएको छ ।

कार्यक्रममा बोल्दै तानसेन नगरपालिकाका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले घर नक्सा सम्बन्धी अनुशिक्षण कार्यक्रम निकै महत्वपूर्ण रहेको बताए।  निर्माण क्षेत्रले कुनै पनि नगरको समग्र विकासमा ठूलो भूमिका खेल्ने हुँदा निर्माण व्यवसायीहरूलाई आधुनिक, सुरक्षित, र वातावरणमैत्री भवन तथा संरचना निर्माणका लागि अद्यावधिक सीप र ज्ञान हुनुपर्ने आवश्यकता रहेकाले नगरपालिका कार्यक्रम आयोजना गरेको बताए।

नगरपालिकाले भवन निर्माणसम्बन्धी नीतिहरू र मापदण्डहरू लागू गर्दै आएको छ । ती मापदण्डहरूको प्रभावकारी कार्यान्वयन, विशेष गरी सुरक्षित र व्यवस्थित विकासका अनुशिक्षण कार्यक्रमले ठूलो भुमिका खेल्ने बताए। कार्यक्रममा सिकाइने घर नक्सा बनाउने सीपहरूले व्यावसायीक दक्षता बढाउने र नगर विकासलाई दीगो र समृद्ध बनाउन पनि टेवा पुर्‍याउने विश्वास लिइएको प्रमुख श्रेष्ठले बताए ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलाले अनुशिक्षण कार्यक्रमले नगरलाई योजनाबद्ध विकासतर्फ अघि बढाउन थप टेवा पुग्ने बताए। नक्सा निर्माण, विश्लेषण, र प्रयोगको ज्ञानले नगरको भौतिक पूर्वाधारलाई सुदृढ बनाउने र वातावरण संरक्षण, प्राकृतिक स्रोतको सही उपयोग र सुरक्षित निर्माणका लागि सिकाइने सीपहरूले अझ प्रभावकारी ढंगले कार्य गर्न सघाउने विश्वास व्यक्त गरे।

तालिममा भवन तथा बाटो निर्माणकर्मी संघमा आवद्व निर्माणकर्मीको सहभागीता रहेको थियो ।

तपाईको प्रतिक्रिया