अखिल (क्रान्तिकारी) निसीखोला गाउँपालिकाले १३ बुँदे ज्ञापनपत्र बुझायो

बागलुङ । अखिल (क्रान्तिकारी) निसीखोला गाउँपालिका गाउँ कमिटीले गाउँपालिकालाई १३ बुँदे ज्ञापनपत्र बुझाउँदै शिक्षा क्षेत्रमा सुधार र विद्यार्थीका समस्याको समाधानका लागि तत्काल कदम चाल्न माग गरेको छ।

संगठनका अध्यक्ष अनिल विश्वकर्माको नेतृत्वमा गएको टोलीले गाउँपालिकाका प्रमुख सूर्य बहादुर घर्ती मगर, प्रमुख प्रशासकीय अधिकृत जीवन पुन मगर र शिक्षा शाखा प्रमुख विष्णु न्यौपानेलाई ज्ञापनपत्र हस्तान्तरण गरेको हो।

ज्ञापनपत्रमा शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै विद्यालयका भौतिक संरचनाको सुधार, शिक्षण गुणस्तर अभिवृद्धि, र विद्यार्थीलाई आवश्यक पर्ने सुविधा उपलब्ध गराउन माग गरिएको अध्यक्ष बिश्वकर्माले बताए ।

तत्काल समाधानको माग
अध्यक्ष विश्वकर्माले ज्ञापनपत्रमा विद्यालयमा आवश्यक स्रोतसाधनको व्यवस्थापन, पाठ्यपुस्तक अभावको अन्त्य र विद्यार्थीका मौलिक अधिकार सुनिश्चित गर्न विशेष ध्यान दिनुपर्ने उल्लेख गरिएको छ। यसका साथै, गाउँपालिकामा विकास निर्माण र शैक्षिक नीति कार्यान्वयनमा देखिएको सुस्ततालाई चाँडो सुधार गर्न जोड दिइएको छ।

दबाबमूलक कदमको चेतावनी
संगठनले आफ्नो माग पूरा नभए थप आन्दोलन गर्ने चेतावनी दिएको छ। विद्यार्थीहरूका हकहित र शैक्षिक सुधारका लागि हाम्रो अभियान निरन्तर जारी रहनेछ, अध्यक्ष विश्वकर्माले भने। पूर्व केन्द्रीय सदस्य तथा पाल्पाका उपाध्यक्ष मीलन घर्तीले स्थानीय सरकारहरु विद्यार्थीको समस्या समाधानका सक्रिय हुनुपर्ने बताए ।

पालिका प्रमुखको प्रतिक्रिया
पालिका प्रमुख सूर्य बहादुर घर्ती मगरले ज्ञापनपत्रको विषयमा गम्भीर छलफल गरिने र सम्भव भएसम्म तुरुन्त समाधान गरिने प्रतिबद्धता जनाए।

संगठनले पालिकालाई आफ्ना माग पूरा गर्न दबाब दिएको छ। अब पालिकाले यस विषयमा के कदम चाल्ने हो, त्यो समयले देखाउनेछ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको