अचार बनाउने तालिम सम्पन्न : ३५ जनाको सहभागिता

पाल्पा । आर्थिक सशक्तीकरणका लागि जनउत्थान सामुदायिक लघुवित्त हार्थोक शाखाले दुई दिने अचार बनाउने तालिम सफलतापूर्वक सम्पन्न गरेको छ । मंसिर २७र २८ गते सञ्चालित तालिममा लघुवित्त हार्थोक शाखासँग आवद्ध ३५ जना समूहका सदस्यहरूले सहभागिता जनाएका छन् ।

अचार बनाउने तालिमका प्रशिक्षक विष्णु कार्कीले सहभागीहरूलाई अचार बनाउने विधि, सामग्रीको उपयोग र यस व्यवसायमा रहेका सम्भावनाबारे जानकारी दिइएकी थिइन् । तालिमको दोस्रो चरणमा वित्तीय साक्षरताको तालिम पनि आयोजना गरिएको थियो । यस क्रममा तानसेन शाखाका प्रमुख राम प्रसाद पौडेल र हार्थोक शाखाकी प्रमुख सपना सुनामले वित्तीय व्यवस्थापन, सक्षमता र व्यवसायको दीर्घकालीन फाइदाबारे सहजीकरण गरेका थिए ।

तालिममा सहभागी समूह सदस्य विष्णुमाया बोहराले तालिमप्रति आफ्नो खुसी व्यक्त गर्दै भनिन्, “संस्थाले हामीलाई तालिम दिएर आफ्नो जिम्मेवारी पूरा गरेको छ । अब यो सिपलाई व्यवहारमा उतार्न हामी सबैको दायित्व हुनेछ ।”

आयोजक संस्थाका अनुसार तालिमले महिलाहरूलाई सीपयुक्त बनाउने र आय आर्जनको अवसर सिर्जना गर्ने लक्ष्य लिएको छ । सहभागीहरूले अचार बनाउने सीपलाई व्यवसायिक रूपमा उपयोग गरी आर्थिक उन्नतिमा योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरेका छन् । समापन कार्यक्रममा सहभागीहरूले तालिमबाट पाएको ज्ञान र सीपलाई व्यवहारमा प्रयोग गरेर आफ्ना जीवनस्तर सुधार गर्ने संकल्प गरेका थिए ।

तपाईको प्रतिक्रिया