राजु रसालीको ‘प्रदेशीको मन’ कविता संग्रह विमोचन

पाल्पा । सामाजिक अभियन्ता राजु रसालीद्धारा लिखित प्रदेशीको मन कविता स्रंगह विमोचन भएको छ । दलित पत्रकार संघ पाल्पाको आयोजनामा पाल्पाका दलित अगुवा सूर्य प्रकाश दर्नालले सो कविता संग्रह सोमबार तानसेनमा विमोचन गरेका हुन ।

कविता संग्रहमा ५१ ओटा कविता समावेश गरिएको छ । कविले प्रदेशीको जीवनको पीडा, मातृभूमिको मोह, परिवार र समाजप्रतिको उत्तरदायित्वलाई मार्मिक रुपमा प्रस्तुत गरेका छन् । आजको २१औं शताब्दीमा पनि नेपाली समाज छुवाछूत, विभेदमा अल्झिएको यर्थाथता, असमानता, विसंगति जिउँदो हुँदा समाजको सकारात्मक परिवर्तन हुन नसकेको विषय कवितामा उल्लेख छ ।

कविता संग्रह विमोचन गर्दै दर्नालले कवि रसालीको साहित्यिक यात्रामा यस कविता संग्रहले उचाई प्राप्त गरोस् भन्ने शुभकामना व्यक्त गरे । कवि रसालीले यो कविता संग्रह विदेशिउको युवाको मनमा आउने भावहरुको प्रतिनिधित्व भएको बताए । कवि रसाली हाल कोरियमा विधावारिधि गर्दैछन् । साहित्यकार गणेश नेपालीले यो कविता संग्रह सीमान्तकृत समुदायको न्याय र समानताको पक्षमा केन्द्रीत रहेको बताए । यो कविता मात्र होइन, यो सीमान्तकृत समुदायको आन्दोलनमा जुट्न प्रेणादायिक संग्रहको रुपमा लिनुपर्ने नेपालीको दावी थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका अध्यक्ष कमल तिमिल्सेना, दलित पत्रकार संघका केन्द्रीय सदस्य मिलन विश्वकर्मा, लुम्विनीका उपाध्यक्ष कृष्ण दर्नाल लगायतले रसालीको कविता संग्रह बहुउपयोगी दस्तावेश भएको र सबैका लागि प्रेरणा भएको बताए ।

कार्यक्रममा वार एशोसियसन पाल्पाका पूर्व अध्यक्ष जोग बहादुर विश्वकर्मा, तीर्थ प्रसाद गौतम, दलित मुक्ति मोर्चाका केन्द्रीय सदस्य खुम बहादुर विश्वकर्मा, जिल्ला अध्यक्ष छवी गहतरात, उत्पीडित मुक्ति समाजका केन्द्रीय नेता ठाकुर लोहागनु, जिल्ला अध्यक्ष विनोद बुढाप्रिती, दलित संघ पाल्पाका नेता दल बहादुर राजपूत, दिनेश गन्धर्व, दलित नेता मान बहादुर रुचाल, बल बहादुर गन्र्धव, सपना सुनाम लगायतले राजु रसालीद्धारा लिखित कविता संग्रहले नेपाली समाज र बैदेशिक यात्राले सिर्जना गरेका अवसर र चुनौतीलाई यर्थाथ रुपमा प्रस्तुत गरिएको बताए ।

कार्यक्रम दलित पत्रकार संघ पाल्पाका अध्यक्ष विजय बौडेलको अध्यक्षता र सचिव सन्तोष गहतराजको सञ्चालनमा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer