माघे संक्रान्ति मेला रिडीमा सुरु [फाेटाेसहित]

तानसेन। माघी पर्व अर्थात् माघे संक्रान्ति मेलाको अवसरमा रुरु क्षेत्रधाममा रिडीमा कालीगण्डकी नदी स्नान गरी ऋषिकेश मन्दिर दर्शन गर्ने भक्तजनको बाक्लो उपस्थिती रह्यो ।

नेपालको चारधाममध्येको एक प्रसिद्ध धार्मिक स्थलमा नदीको सीमाना पर्ने तीन जिल्लासंगै देशभरका विभिन्न स्थान र भारतबाट समेत भक्तजनको बाक्लो उपस्थिती रहेको थियो ।कालीगण्डकी नदी स्नान गरी भगवान ऋषिकेशको दर्शन गर्नाले पृती मोक्ष्य तथा मानोकाक्षा पूरा हुने धार्मिक विश्वाश रहेको भक्तजनहरुले बताएका छन् ।

जेठी, माइली र कान्छी गरी तीन दिनसम्म कालीगण्डकी स्नान गरी ऋष्किेशको दर्शन गर्नका लागि भक्तजन रुरु क्षेत्रमा पुग्ने गरेका छन् । पाल्पा, गुल्मी र स्याङ्जा जिल्लाको संगमस्थल रिडीमा संक्रान्तिको अवसरमा रुरु फ्रेण्डस क्लब रिडीले मेलासमेत आयोजना गरेको छ ।

मेलामा कृषि प्रर्दशनी, स्थानीय हस्तकलाका सामग्री, हिमाली जिल्लामा उत्पादन हुने राडीपाखी, घाँजी जस्ता सामग्री र अन्य सामग्री विक्रीका लागि राखिएको छ ।

तपाईको प्रतिक्रिया