
पाल्पा। पश्चिम पाल्पाको रैनादेवी छहरा गाउँपालिका वडा नं-२ सोमादीको गैराटोलमा नवनिर्मित राधाकृष्ण मन्दिरमा राधाकृष्ण भगवानको मूर्ति प्राणप्रतिष्ठा गरिएको छ । गत माघ दुई गतेदेखि शुरु भएको विविध धार्मिक कार्यक्रमको अवसरमा मूर्तिको प्राणप्रतिष्ठा गरिएको हो।
पाँच दिनसम्म चलेको धार्मिक् कार्यक्रम अन्तर्गत मण्डप निर्माण जलादीवास, अन्नादीवास, फूलादीवास, फलादीवास, शैयादीवास, पन्चामृतवास, चौरासी पूजा, लक्ष्यबत्ती ,महाबत्ती ,जीवबत्ती, व्रतबन्ध तथा अन्नप्राशन क्रार्यक्रम गरी सम्पन्न भएको आयोजक राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका सदस्य नारायण पोखरेलले नयाँधार डटकमलाई जानकारी दिए ।
धार्मिक कार्यक्रममा पन्चेबाजासहित, राधाकृष्ण भजन समूहले दिनभर भक्तजनलाई मनोरञ्जन प्रदान गरेका थिए । धार्मिक कार्यक्रमको अवधिभर दैनिक रुपमा गाउँटोल र छिमेकी वडासंगै जिल्ला बाहिरबाट पनि भक्तजनको बाक्लो उपस्थिती रहको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।
सामाजसेवी छविलाल पोखरेलको निजी लगानी निर्माण भएको उक्त मन्दिरमा राधाकृष्ण भगवानको मूर्ति पोखरेलले मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका छन् ।
समाजमा धार्मिक आस्था मेलमिलाप, एकता बढाउन आफुले यस्तो कार्य गर्दै आएको पोखरेलले बताए । पोखरेलले गरेको कार्य प्रसंशनीय रहेको हुँदा वडा अध्यक्ष दानबहादुर पौडेलले प्रमाण पत्र र दोसल्ला ओडाएर सम्मान समेत गरेका थिए ।