रैनादेवी छहरा गाउँपालिकाको पाँचौं अध्यक्ष कप ; महिला र पुरुष भलिबल दुवैमा छहराको विजय

पाल्पा । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको पाँचौं अध्यक्ष कप २०८१ अन्तर्गत पुरुष र महिला भलिबल प्रतियोगितामा वडा नं. ४ छहराले दुवै उपाधि जित्दै ऐतिहासिक सफलता हासिल गरेको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद“ भन्ने मूल नाराका साथ माघ ६ गतेदेखि कटौजेपानी खेलमैदानमा सुरु भएको प्रतियोगिता माघ ८ गते सम्पन्न भएको हो ।

पुरुष भलिबलतर्फ पनि छहराको विजय
पुरुष भलिबल प्रतियोगितामा वडा नं. ४ छहराले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल ग¥यो । वडा नं. २ सोमादीले दोस्रो स्थानमा सन्तोष मान्नुप¥यो भने वडा नं. १ सिद्धेश्वर तेस्रो स्थानमा रह्यो । वडा नं.५  मुझुङग भने सान्त्वना स्थानमा सीमित भयो ।

प्रतियोगितमा प्रथम स्थान हुनेलाई नगद ५० हजार रुपैयाँ, ट्रफी, मेडल, र प्रमाणपत्र, दोस्रो स्थान हासिल गर्नेले नगद ३०, हजार, ट्रफी, मेडल, र प्रमाणपत्र, तेस्रो स्थान हासिल गर्नेले नगद १५ हजार रुपैयाँ, ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गर्न सफल भएका हुन ।

 

प्रतियोगितामा सान्त्वना स्थानः नगद १० हजार रुपैयाँ, ट्रफी, मेडल, र प्रमाणपत्र प्रदान गरिएको रैनादेवी छहरा गाउँपालिका खेल संयोजक नारायण कार्कीले बताए । विजय र उपविजयतालाई रैनादेवही छहरा गाउँपालिका अध्यक्ष रुकमांगत भटट्राईले नगद रासी ट्रफी, मेडल, र प्रमाणपत्र हस्तान्त्रण गरेका थिए ।

महिला भलिबलतर्फ पनि छहराको विजय

महिला भलिबल प्रतियोगितामा पनि वडा नं. ४ छहराले आफ्नो वर्चस्व कायम राख्दै प्रथम स्थान हासिल ग¥यो । वडा नं. ५  मुझुङग दोस्रो स्थानमा र वडा नं. ८ सत्यवती तेस्रो स्थानमा रहे ।महिला भलिबल प्रतियोगितामा प्रथम हुनेलाई नगद. ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र, दोस्रो स्थान हासिल गर्ने नगद २० हजार, ट्रफी, मेडल र प्रमाणपत्र, तेस्रो स्थान हासिल गर्नेलाई नगद १५ हजार रुपैँया ट्रफी, मेडल र प्रमाणपत्र गाउँपालिका अध्यक्ष भटट्राईले विजय टीमलाई हस्तान्त्ररण गरे । प्रतियोगितमा वडा नं. ७ बल्ढेङगढी सान्त्वना स्थान हासिल गर्नेलाई नगद १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ ।

समापन समारोहमा गाउँपालिका अध्यक्ष रुक्माङ्गत भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो । उनले खेलकुद क्षेत्रमा खेलाडीहरूको योगदानको प्रशंसा गर्दै खेलकुदले स्वस्थ जीवनशैली प्रवद्र्धनमा दिने योगदानबारे जोड दिए ।

गाउँपालिका उपाध्यक्ष युवराज थापाका अनुसार, पाँचौं अध्यक्ष कप २०८१ ले गाउँपालिकाभित्रका युवा पुस्तालाई खेलकुदतर्फ आकर्षित गर्नुका साथै सहकार्य र एकताको भावना प्रवद्र्धन गरेको बताए । यस्ता प्रतियोगिताले खेलकुदको माध्यमबाट सामाजिक सम्बन्धहरू सुदृढ गर्न मद्दत पु¥याउँने उनको धारणा थियो ।

कार्यक्रम संयोजक कार्कीले यस्ता प्रतियोगिताले रैनादेवी छहरा गाउँपालिकाको खेलकुद इतिहासमा नयाँ अध्याय थपेको बताउँदै आगामी दिनमा अझ ठूला प्रतियोगिता आयोजना गर्नुपर्नेको आवश्यकता औँल्याए । प्रतियोगिताको सफलताले गाउँपालिकालाई खेलकुदको माध्यमबाट थप चिनाउन सहयोग पुगेको उनको भनाइ थियो ।

कार्यक्रमको सञ्चालन शिक्षा तथा युवा खेलकुद शाखा प्रमुख निशा पाण्डेले गरेकी थिइन ।

तपाईको प्रतिक्रिया