तानसेन। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बगनासकालीको खानीछापमा वडा भेला गरी नयाँ समिति गठन गरेको छ। शनिवार खानीछापको मलेङ्गमा सम्पन्न पार्टीको भेलाले भागिरथ न्यौपानेको सभापतित्वमा वडा समितिको गठन गरेको हो । जसको सहसचिवमा झमन सिंह रेश्मी, महिला सदस्यमा मिना देवी न्यौपाने, खुल्ला सदस्यमा प्रेमनारायण न्यौपाने र सदस्यमा जगन्नाथ न्यौपाने चयन भएका हुन् ।
११ सदस्य कमिटीमा ११ हुने पार्टीको विधान रहेपनि रित्त पद पालिका र वडा समितिको समन्वयमा मनोनयन गरिने पार्टीका जिल्ला उपसभापति सुमन गैरेले जानकारी दिए ।
भेलामा पालिका सचिव चिरन्जिवी भट्टराईको अध्यक्षता, योगेन्द्र तिमल्सेनाको सहजिकरण, पाल्पा जिल्ला सभापति विष्णु भन्डारी, जिल्ला उप– सभापति सुमन गैरे, जिल्ला सचिव नारायण न्यौपाने, यस्तै गरी जिल्ला सदस्य रमेश न्यौपाने ,रैनादेवी गाउापालिका सदस्य ईश्वर न्यौपानेलगायतले नयाँ कमिटीलाई शुभकामना दिँदै पार्टीको नीति र निर्देशन अनुसार अघि बढ्न आग्रह गरेका थिए ।
पार्टी प्रतिको उठेका प्रश्नोत्तरको सहजिकरण जिल्ला उप–सभापति सुमन गैरेले गरेका थिए । कार्यक्रमको संचालन जिल्ला सदस्य रमेश न्यौपानेले गरेका थिए ।

