खबरदारी सभाका लागि माओवादी नेता पुन पाल्पा आउँदै

तानसेन। नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वमन्त्री वर्षमान पुन पाल्पा आउने भएका छन् । रिब्दीकोट गाउँ समितिको तेस्रो अधिवेशन तथा खबरदारी सभालाई सम्बोधन गर्न उनी पाल्पा आउने लागेका हुन् ।

माघ १६ गते बुधबार हुने कार्यक्रममा सहभागी हुन नेता पुन मंगलबार बेलुका नै तानसेन आउने छन् । माओवादी केन्द्रका संयोजक राजेन्द्र विश्वकर्माका अनुसार माओवादी नेतृत्वको सरकारले गरेका कामप्रति नागरिकमा सकारात्मक प्रभाव परेको र अहिलेको सरकारले गरेका गत कामको खबरदारीका गरिने सभामा सहभागी हुन नेता पुन पाल्पा आउने भएका हुन् ।

अहिले माओवादी केन्द्रले देशभर नै अधिवेशन वडापछि पालिका तह कमिटीको अधिवेशन गर्दै आएको छ ।

प्रचण्ड नेतृत्वको सरकार भएका बेला चालेका सुशासन र भ्रष्ट्राचार विरुद्धको अभियानप्रति नागरिकले सही मूल्याङकन गरी अहिले देशभर नै माओवादी केन्द्रमा प्रवेश गर्न तथा सभा समारोहमा नागरिकको उत्साहजनक सहभागिता हुने गरेको माओवादी केन्द्रका पाल्पा इन्चार्ज नेत्र प्रसाद पाण्डेयले बताए ।  पाल्पामा पनि वडा र पालिका तहमा भएका कार्यक्रममा  उत्साहजनक रुपमा नागरिकको सहभागिता बढेको उनले जानकारी दिए ।

तपाईको प्रतिक्रिया