संञ्चारकर्मी थापाको पहिलो लोकदोहरी गीत गैह्राबारी बजारमा

पाल्पा । सञ्चारकर्मी राजन थापाको पहिलो लोक दोहोरी गीत गैह्राबारी सार्वजनिक भएको छ । सामुदायिक रेडियो मुक्तिनाथमा कार्यरत थापाले माया पिरतीमा आधारित लोकदोहरी एलब्म बजारमा ल्याएका हुन् ।

थापासंगै महिला आवाजमा चर्चित गायिका शान्तीश्री परियारले स्वर दिएकी छिन् । सुषास खत्रीको लय तथा शब्द गरेको गीतको भिडियो काठमाण्डौका विभिन्न स्थानमा छायाकङ्कन गरिएको छ ।

निशान बानियाले निर्देशन गरेको भिडियोमा राजन थापासहित अन्य अन्य कलाकारले अभिनय गरेका छन् । राजन थापाको आफ्नै युट्युव च्यानलमार्फत बजारमा सार्वजनिक भएको हो।

हेरौ भिडियोः

तपाईको प्रतिक्रिया