नेपाल उत्पीडित जातीय मुक्ति समाज रिब्दीकोटमा दान बहादुर विश्वकर्मा

पाल्पा। नेपाल उत्पीडित जातीय मुक्ति समाज रिब्दीकोट गाउँ कमिटीको दोस्रो अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ। अधिवेशनबाट दान बहादुर विश्वकर्माको अध्यक्षतामा २७ सदस्यीय पालिका कमिटी चयन गरिएको छ।

नवगठित कार्यसमितिमा उपाध्यक्ष मञ्जु सुनार र शुक्रा गैरे, सचिव भगवती सुनार, सहसचिव पदमसिंह खाम्चा र माया हिताङ्गा, तथा कोषाध्यक्ष भिम बहादुर ठटराई चयन भएका छन्।

नवनिर्वाचित अध्यक्ष दान बहादुर विश्वकर्माले उत्पीडित जातीय समुदायको हकअधिकार स्थापित गर्दै समाजमा समानता र न्याय सुनिश्चित गर्न निरन्तर संघर्ष गर्ने प्रतिबद्धता जनाएका छन्।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer