नेकपा माओवादी तानसेन नगर समितिको तेस्रो अधिवेशन माघ २६ गते हुने

पाल्पा । नेकपा (माओवादी केन्द्र) तानसेन नगर समितिको तेस्रो अधिवेशन यही माघ २६ गते हुने भएको छ। अधिवेशनले पार्टीको नयाँ नेतृत्व चयन गर्ने भएको छ ।

सो पार्टीका केन्द्रीय उपाध्यक्ष नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा अधिवेशनको उद्घाटन कार्यक्रम तय गरिएको छ। कार्यक्रममा जिल्ला तथा स्थानीय तहका नेताहरू, कार्यकर्ता, शुभेच्छुकहरू लगायतको उपस्थिति रहने अपेक्षा गरिएको छ।

माओवादी तानसेन नगर समिति सचिव नबराज बस्यालका अनुसार अधिवेशनमा पार्टी सशक्तीकरण, विकास रणनीति तथा समसामयिक राजनीतिक विषयमा विस्तृत छलफल गरिनेछ। यस अधिवेशनले संगठनलाई मजबुत बनाउन र स्थानीय तहमा पार्टीको भूमिका प्रभावकारी बनाउन महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको सचिव बस्यालले बताए ।

तपाईको प्रतिक्रिया