“महान दस वर्षे जनयुद्ध: क्रान्ति, संघर्ष र नयाँ युग”

भूमिका
नेपालको राजनैतिक इतिहासमा २०५२ साल फागुन १ गतेदेखि सुरु भएको महान् जनयुद्ध एक महत्वपूर्ण राजनीतिक परिघटना हो । नेपाल कम्युनिस्ट पार्टी माओवादीद्वारा सुरु गरिएको महान् जनयुद्ध १० वर्षसम्म बिबिध आयामहरू सहित चलेको थियो । यसको मुख्य उद्देश्य निरंकुश राजतन्त्रको अन्त्य, वर्गीय विभेदको उन्मूलन, समानता र समावेशिताको स्थापनाका लागि समाजवादी राज्य निर्माण गर्नु थियो । जनयुद्धको परिप्रेक्ष्यमा नेपालले ठूला राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक परिवर्तनहरू अनुभव ग¥यो । यद्यपि, महान् जनयुद्धले नेपाललाई नयाँ गणतान्त्रिक र समाजवादी युगतर्फ डो–याउने सकारात्मक प्रभावहरू पनि पा¥यो ।

जनयुद्धको पृष्ठभूमि
नेपालमा २०५२ फागुन १ गते माओवादी नेकपा माओवादी द्वारा सुरु गरिएको महान १० वर्षे जनयुद्धले देशको राजनीतिक, सामाजिक आर्थिक परिदृश्यलाई पूर्णरूपमा परिवर्तन गर्यो । यस युद्धको पृष्ठभूमिमा धेरै ऐतिहासिक, राजनीतिक सामाजिक कारणहरू थिए । यस लेखमा जनयुद्धको पृष्ठभूमि, कारणहरू, र यसले नेपाली समाजमा पारेको प्रभावहरूको विस्तृत विश्लेषण प्रस्तुत गरिएको छ ।

ऐतिहासिक पृष्ठभूमि
नेपालमा महान जनयुद्धको पृष्ठभूमि वि।स। २०४६ को जनआन्दोलनपछि देखिन थालिको थियो । खासगरी वि।स। २०४६ को जनआन्दोलनले पञ्चायत प्रणालीको अन्त्य गरी बहुदलीय प्रजातन्त्र स्थापना गरेको थियो तर नयाँ प्रजातान्त्रिक व्यवस्थाले गरिब, सीमान्तकृत, र ग्रामीण जनताको आकांक्षा पूरा गर्न सकेन । राजनीतिक दलहरूले सत्ताको लागि आपसी कलह गरे सरकारहरू अस्थिर रहे । यसले जनतामा निराशा फैलियो, र क्रान्तिकारी परिवर्तनको माग बढ्यो ।

राजनीतिक पृष्ठभूमि
नेकपा माओवादीहरूले महान जनयुद्ध सुरु गर्नुको पछि राजनीतिक व्यवस्थाको विफलता प्रमुख कारण थियो । वि।स। २०४६ को संविधानले पनि राजालाई व्यापक अधिकार दिएको थियो र जनताको सहभागिता सीमित थियो । राजनीतिक दलहरूले भ्रष्टाचार, आफन्तवाद र जनविरोधी नीतिहरू अपनाए यसले गरिब र सीमान्तकृत समुदायहरूलाई राजनीतिक प्रक्रियाबाट बाहिरिएको महसुस गराए ।नेकपा मसाल सहितको माओवादीहरूले यसलाई “अर्धसामन्ती र अर्धऔपनिवेशिक व्यवस्था”को रूपमा चित्रण गर्यो । उनीहरूको मान्यता अनुसार, महान क्रान्ति मार्फत मात्र यस व्यवस्थालाई परिवर्तन गर्न सकिन्छ भन्ने थियो । यसैले उनीहरूले “प्रतिक्रियावादी राज्यसत्तालाई ध्वंस गर्दै २१ औं शदीको नयाँ जनवादी सत्ता स्थापना“को नारा दिए ।

सामाजिक र आर्थिक पृष्ठभूमि
नेपाललाई बहुआयामिक ९धार्मिक, भाषिक, जातीय, लैङ्गिक, क्षेत्रीय असमानता० विशेषता सहितको मुलुकको रूपमा हेरिन्छ । समाजमा व्याप्त जातीय, लैंगिक, र आर्थिक असमानताले पनि जनयुद्धको पृष्ठभूमि तयार गर्यो । देशको अधिकांश सम्पत्ति र स्रोतहरू माथिल्लो जाति र शहरी क्षेत्रहरूमा केन्द्रित थिए । ग्रामीण क्षेत्रहरूमा गरिबी, अशिक्षा, र स्वास्थ्य सेवाको अभाव थियो। दलित, आदिवासी, र महिलाहरूले व्यापक भेदभाव र शोषण झेलिरहेका थिए । माओवादीहरूले यी असमानताहरूलाई उजागर गरेर ग्रामीण जनतालाई संगठित गर्यो । उनीहरूले “जनताको युद्ध“को नारा दिएर गरिब, शोषित, र सीमान्तकृत समुदायहरूलाई आफ्नो आन्दोलनमा समेट्न सफल भए ।

अन्तर्राष्ट्रिय प्रभाव र पृष्ठभूमि
अन्तर्राष्ट्रिय परिदृश्यले पनि जनयुद्धको पृष्ठभूमि तयार गर्यो । २०औं शताब्दीमा चीन, रूस, र क्युबामा भएका क्रान्तिहरूले माओवादीहरूलाई प्रेरणा दिए । माओत्से तुङ्गको विचारधारालाई आधार बनाएर उनीहरूले नेपालमा महान क्रान्तिको सुरुवात गरे । खसगरी प्रचण्ड, बाबुराम, वैद्य आदीवाट अन्तर्राष्ट्रिय प्रभावको विश्लेषण गरी आन्दोलनको पृष्ठभूमि तयार गरियो ।

प्रचण्ड र माओबादी
व्यक्ति ठूलो कि पार्टी ठूलो यो लडाई संसारभरि चलिरहन्छ । यद्यपि नेपालको सन्दर्भमा प्रचण्डले व्यक्ति अर्थात् नेतृत्वले चाहेको खण्डमा सही दिशा निर्माण गर्न सक्दछ भन्ने उदाहरण प्रस्तुत गरेका छन् । नेताले नै पार्टी निर्माण गर्ने हो । संगठनभन्दा प्रधान विषय नेतृत्व नै हो भन्ने पुष्टि नेपालको माओवादी आन्दोलनमा जोडिएको छ । माओवादी पार्टी र प्रचण्ड परिपरक शब्दावलीहरु हुन् । नेपालको आधुनिक इतिहासमा प्रचण्ड, माओवादी जनयुद्ध तीनवटा अविभाज्य अवधारणाहरू हुन् । यी तीनवटैले मिलेर नेपाललाई राजतन्त्रबाट गणतन्त्रमा रूपान्तरण गर्न मद्दत गरे । पुष्प कमल दाहाल “प्रचण्ड“नेपाली कम्युनिस्ट आन्दोलनको इतिहासमा सबैभन्दा प्रगतिशील र सकारात्मक परिवर्तनको सम्बाहक हुन् । गणतन्त्रको पिता हुन् । उनले २०५२ मा माओवादी जनयुद्धको नेतृत्व गरेर नेपाललाई क्रान्तिको मार्गमा अगाडि बढाए । प्रचण्डले माक्र्सवाद–लेनिनवाद–माओवादको विचारधारालाई आधार बनाएर “नयाँ जनवादी क्रान्ति“को सिद्धान्त प्रस्तुत गरे ।

प्रचण्डको नेतृत्वमा माओवादीले छापामार युद्ध, जनसङ्गठन र राजनीतिक प्रचारको मिश्रित रणनीति अवलम्बन गरे । उनले ग्रामीण क्षेत्रहरूमा आधार इलाका निर्माण गरेर युद्धलाई दीर्घकालीन बनाउन मद्दत गरे । प्रचण्डको करिश्माई नेतृत्वले माओवादी आन्दोलनलाई जनप्रिय बनायो । हजारौ सैन्य संरचना सहित, विशाल पार्टीलाई नेत्रित्व गर्दै आफ्नो लक्ष्य प्राप्तार्थ लागी पर्नु उनको चुनौती थियो । राज्य अन्तराष्ट्र सवैसंग जित्दै बिजयी हुनु उनको कठिन चुनौती थियो तर उनी सफल भएरै लक्ष्य प्राप्त गरिछाडे । प्रचण्डले रंगिन छ इतिहास रचेका । प्रचण्डको इतिहास स्वर्णिम छ ।
सकारात्मक प्रभावहरू
गणतन्त्रको स्थापना
जनयुद्धको सबैभन्दा ठूलो सकारात्मक प्रभाव भनेको नेपालमा गणतन्त्रको स्थापना हो । २४० वर्षदेखि चलेको राजतन्त्रलाई समाप्त गरी नेपाललाई गणतन्त्र घोषणा गरियो । यसले जनतालाई आफ्नो भाग्य आफैं निर्धारण गर्ने अवसर प्रदान गर्यो। संविधानसभाको निर्वाचन भएर २०७२ सालमा नयाँ संविधान जारी भयो, जसले नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गर्यो । यसले देशमा बहुदलीय प्रणाली, मौलिक अधिकार, र न्यायिक स्वतन्त्रताको स्थापना गर्यो ।

सामाजिक समावेशीकरणर जातीय÷लैंगिक समानता
जनयुद्धले नेपाली समाजमा व्याप्त जातीय, लैंगिक, र क्षेत्रीय विषमतालाई चुनौती दिएर समावेशीकरणको मार्ग प्रशस्त गर्यो। संविधानले आदिवासी, दलित, महिला र अन्य सीमान्तकृत समुदायहरूलाई विशेष अधिकार र प्रतिनिधित्व दिएको छ। उदाहरणका लागि, संविधानसभामा ३३५ महिला प्रतिनिधित्वको व्यवस्था गरिएको छ । यसले महिलाहरूलाई राजनीतिक प्रक्रियामा सक्रिय भूमिका खेल्ने अवसर प्रदान गर्यो ।

शिक्षा र स्वास्थ्यमा प्रगति
जनयुद्धले ग्रामीण क्षेत्रमा शिक्षा र स्वास्थ्य सेवाको महत्वलाई उजागर गर्यो । युद्धपछि सरकारले निःशुल्क शिक्षा र स्वास्थ्य सेवा प्रदान गर्ने नीतिहरू ल्यायो । विद्यालयहरूको संख्या बढ्यो र साक्षरता दरमा उल्लेखनीय सुधारहरू भयो । यसले ग्रामीण जनतालाई आत्मनिर्भर बनाउने मार्ग प्रशस्त गर्यो ।
आर्थिक सुधार र ग्रामीणविकास।
जनयुद्धले ग्रामीण क्षेत्रहरूको विकासलाई प्राथमिकता दिएर आर्थिक सुधारको मार्ग प्रशस्त गर्यो । सरकारले ग्रामीण ढाँचाको विकास, सिंचाई योजना र सडक निर्माणलाई बढावा दियो । यसले ग्रामीण जनताको आर्थिक स्थितिमा सुधार ल्याउन मद्दत गर्यो ।

सांस्कृतिक पुनर्जागरण
जनयुद्धले नेपाली संस्कृतिमा पनि पुनर्जागरण ल्यायो । युद्धले जातीय भाषा, संस्कृति, र परम्परालाई पुनर्जीवित गर्यो। संविधानले आदिवासी भाषाहरूलाई मान्यता दिएर बहुसांस्कृतिक पहिचानलाई बढावा दियो ।

निष्कर्ष
नेपालको महान महान जनयुद्धले देशमा गहिरो राजनीतिक, सामाजिक, आर्थिक, र सांस्कृतिक परिवर्तनहरू ल्याएको छ । यसले नेपाललाई गणतन्त्र, धर्मनिरपेक्षता, समावेशीकरण र विकासको मार्गमा अगाडि बढाउन मद्दत गर्यो । तर युद्धले सिर्जना गरेका चुनौतीहरूलाई पनि सम्बोधन गर्न आवश्यक छ । भविष्यको लागि आवश्यक छ कि युद्धबाट सिकेर शान्ति, समृद्धि र न्यायको समाज निर्माण गर्नुपर्दछ ।

शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउनु छ। युद्धका घाउहरूमा मलम्पट्टी लाउनु छ । मेलमिलाप मार्फत राज्य र विद्रोही दुवै तर्फका मनहरुलाई मिलाउनु छ । घाइतेहरूको जीवनयापन सजिलो बनाउने गरी राज्यबाट सम्मान र आवश्यक भरणपोषणको व्यवस्था गर्नु छ । महान जनयुद्धका सम्पूर्ण ज्ञात अज्ञात सहिदहरूलाई सामाजिक सम्मान र सवैबाट आत्मसाथ गरिनुपर्दछ । बेपत्ता योद्धाहरूको खोजी गरिनुपर्दछ । न्यायमूलक र समतामूलक समाजको निर्माण गर्दै जनयुद्धले देखेका सारा सपनाहरुलाई पूरा गर्नको लागि समाजवादको यात्रा अवलम्बन गर्दै संविधानले भनेझैँ सबै अटाउने सबैको अपनत्व हुने गरी राष्ट्र निर्माण गर्नुछ । वास्तवमा माओवादीले सञ्चालन गरेको महान जनयुद्धको सबैभन्दा सर्वश्रेष्ठ उपलब्धि भनेको समावेशी लोकतन्त्र नै हो ।

कसैले माने पनि नमाने पनि अदालतले जनयुद्ध शब्द प्रयोग गर्नु उचित नहुने तर्क व्यक्त गरेपनि, संविधानमा सशस्त्र युद्ध भन्ने शब्दावलीहरू प्रयोग गरिएको भएतापनि, वर्तमान अन्य राजनीतिक दलहरू खासगरी एमाले, कांग्रेस लगायत राजावादी अन्य दलहरूले जनयुद्धप्रति आंशिक सहमति व्यक्त गरेता पनि यथार्थ के हो भने माओवादीले सञ्चालन गरेको १० वर्षे जनयुद्ध एक उथलपुथलकारी युद्ध थियो । चेतनाको विगुल थियो । आम जनताको चेतना स्तर जागृत गर्ने महाआन्दोलन थियो । समाजमा व्याप्त संक्रिन सामाजित सांस्कृतिक चेतनाको जग उखेल्ने आन्दोलन थियो । लेखक ओली त्रिभुवन बहुमूखी क्याम्पस, पाल्पामा समाजशास्त्रमा स्नाकोत्तरमा अध्ययनरत छन् ।

तपाईको प्रतिक्रिया