‘आउनेलाई स्वागत जानेलाई बाइबाई छ’ बजारमा

पाल्पा। गुरुआमा फिल्मस् प्रा.लिले सार्वजनिक गरेको नयाँ गीतले बजार तताएको छ। खेम सेन्चुरी र देवी घर्ती मगरको स्वरमा रहेको ‘आउनेलाई स्वागत जानेलाई बाइ बाइ छ ‘बोलको गीतले दर्शक र स्रोताको मन जित्न सफल भएको हो।

गुरुआमा फिल्मस् प्रा.लिका प्रबन्धक स्मृती तिमिल्सिनाका अनुसार अहिले उक्त गीतको टुक्कामा टिकटक र फेसबुक रिलसहित सामाजिक सञ्जालमा निकै रुचाइएको हो। युट्युवमार्फत पनि चार दिनमै साढे दुई लाख बढीले भिडियो हेरेको यो गीतको भिडियाे माया पिरतीमा आधारित भएर निर्माण गरिएको छ ।

खासगरी युवा पुस्तालाई आर्कषण गर्नेगरी तयार गरिएको गीतको भोक तथा भिडियो पनि एक साता नहुँदै धेरै राम्रो प्रतिक्रिया आएको प्रबन्धक तिमिल्सिनाले नयाँधारलाई बताइन्। गीतको अडियो, भिडियो र पोस्ट पोडक्सन सबै गुरुआमा फिल्मस् प्रा. लि.बाटै भएको छ ।

गीतको भिडियोमा ओवी रायमाझी र जुना विश्वकर्माको दमदार अभिनय रहेको छ। गीतको शब्द  संगीत रमेश परियारको रहेको छ। राजेश घिमिरेले छायांकन गरेको गीतको भिडियोलाई नविन घर्ती मगरले सम्पादन गरेका हुन् ।

हर्नुहोस् भिडियाे

तपाईको प्रतिक्रिया