
तानसेन। पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोमबार बगनासकाली गाउँपालिका –१ रायडाँडास्थित सिद्दार्थ राजमार्गमा घोरबन्दादेखी बर्तुङ्गतर्फ आउँदै गरेको लु ६१ प ७६३६ नम्बरको मोटरसाईकल दुर्घटना हुँदा तानसेन नगरपालिका –६ का ४१ वर्षीय पदमबहादुर दर्लामीको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक सुनिल मल्लकाअनुसार दुर्घटना परी गम्भीर घाइते भएका पदम (चालक)को उपचारका क्रममा तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा मृत्यु भएको हो ।
दुर्घटनामा परी मोटरसाइकलको पछाडी सवार पदमका १८ वर्षीय छोरा मन्दिप दर्लामी घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको उपचार जारी रहेको प्रहरीको भनाइ छ ।
घटनाको विषयमा थप अनुसन्धान भइरहेको पाल्पा प्रहरीले जनाएको छ ।