शोकमा डुबेकाे सिद्धेश्वरः आगो लगाउनेलाई कारबाही गर्न स्थानीयको माग

तानसेन। गत बैशाख १४ गते रैनादेवी छहरा १ सिद्धेश्वरमा आगो निभाउन गएका तीन जना युवाको सवारी दुर्घटना मृत्यु भएपछि सिंगो गाउँ अहिले शोकमा डुबेको छ। एकै गाउँका तीन जना युवाको मृत्यु र दुई जना घाइते भएपछि सिंगो गाउँ शोकमा डुबेको हो।

बस्तीमाथि जंगलमा लागेको आगो निभाउन हरारिदै गएका तीन जना जवान छोराहरु कहिले नफर्किने गरी अस्ताएपछि परिवार, आफन्त र सिंगो गाउाका नागरिक दुःखमा छन् । दुःखमा मलम लगाउन पुग्ने गरेको जनप्रतिनिधि र अन्य सरोकारवालाई स्थानीयले आगलागी गराउने व्यक्तिको पहिचान गरी कारबाही गरिदिन माग गरेको छन् ।

प्रत्येक वर्ष आगलागी हुदाँ जंगलको नास, बस्ती जोखिम र यो वर्ष अकालमा तीन जना युवाले ज्यान गुमाउन परेपछि आगलालीमा संलग्नलाई कडा कारबाही गर्नका लागि उनीहरुले माग गरेका हुन् । बस्ती भन्दा माथिको जंगलमा प्रत्येक वर्ष आगलागी हुने गरेको विषयमा स्थानीय सरकार, सुरक्षा निकाय र अन्य सरोकारवालाले चासो दिनु पर्ने उनीहरुको भनाइ छ ।

मानवीय कारणबाट हुने घटनामा व्यक्तिको ज्यान समेत जाने अवस्था आउँदा पनि नियमनकारी निकायले ठोस पलह गर्न नसकेको गुनासो स्थानीयले गरेका छन् । यसैबिच शोकमा डुवेको गाउँमा परिवारलाई समवेदन दिन पुगेका लुम्बनी प्रदेशका सभामुख तुलाराम घर्तीले बस्तीलाई जोगाउन पुगेका युवाले आफ्नै ज्यान गुमाएको घटना दुखद् भएको बताएका छन् ।

उनले स्थानीयले भने जस्तै सत्यतथ्य छानविन गरी दोषी उपर कारबाहीका लागि लाग्न स्थानीय सरकार र सुरक्षा निकायलाई निर्देशन दिएका छन् । सभामुख घर्तीले सानो असावधानीबाट ठूलो क्षति पुग्ने गरेको घटनाको विषयमा अनुसन्धानलाई लाग्न सुरक्षा निकायलाई निर्देशन पनि दिएका छन् ।

उक्त दुर्घटना परेर घाइते भएका दुई जनामध्ये एक जना उपचारपछि घर फर्किएका छन् भने अर्का एक जनाको अवस्था अहिलेसमम गम्भीर रहेको वडा अध्यक्ष सोमबहादुर दर्लामीले जानकारी दिए।

रातको समयमा बस्तीमाथिको जंगलमा आगो लागेको देखेपछि पाँच जना युवा आगो निभाउन भनी जिपमा जाँदै गर्दा जीप ब्याक भएर दुइ सय मिटर तल खस्दा दुर्घटना भएको थियो ।

 

तपाईको प्रतिक्रिया