कृष्णसेन ‘इच्छुक’को स्मृति दिवसमा अन्तरक्रिया

तानसेन। नेपाली पत्रकारितामा जनपक्षीय पत्रकारिताका धरोहर मानिने महान् शहिद कृष्णसेन इच्छुक २३औं स्मृति दिवस प्रेस सेन्टर नेपाल पाल्पा शाखाले अन्तरक्रिया गरेर मनाएको छ । शहिद स्मृति भवन तानसेनमा भएको अन्तरक्रियामा नेकपा माओवादी केन्द्रका अगुवा तथा जनवर्गीय मोर्चाका प्रमुख एवं प्रतिनिधिको सहभागिता रहेको थियो ।

अन्तरक्रियामा बोल्दै नेकपा (माओवादी केन्द्र) पाल्पाका सचिव मथुरा ढकालले, इच्छुकले राजनीति, नेपाली साहित्य र पत्रकारितामा विशेष योगदान दिएको बताउँदै उनले देखाएको बाटोमा हिड्नुपर्ने बताए।

“कृष्ण सेन भनेको आफ्नो व्यक्तिगत जीवनको विभिन्न उतार चाढावका बावजुद पनि देशका‌ लागि निरन्तर खट्ने जनपक्षीय पत्रकार र बहुआयामिक व्यक्तित्व हुन्।” उनले भने।

उनले सेन्टरका पत्रकार, विद्यार्थी र साहत्यिकारहरुले पनि उनले देखाएको बाटोमा लाग्नुपर्ने बताए। कार्यक्रममा रिब्दकेट गाउँ कमिटीका उपाध्यक्ष राधाकृष्ण दंगालले अहिलेका पत्रकारले इच्छुकले देखाएको बाटोमा हिड्नुपर्ने बेला आएको बताए । राजनीति, साहित्य र पत्रकारितामा निडर र जनपक्षीय विचार राखेर उनले सुरु गरेका अधुरा अभियानलाई हामी सबै मिलेर साकार पाुर्नपर्ने उनले बताए ।

तानसेन नगर कमिटी कोषाध्यक्ष बासुदेव अर्यालले पत्रकारहरू स्वच्छ र निष्पक्ष रहेर सही कुरालाई माथि उठाएर लैजानुपर्ने कुरामा जोड दिए । उनले असल पत्रकार बन्नका लागि कृष्णसेन इच्छुकले देखाएको बाटो निकै उत्कृष्ट रहेको बताउँदै सोही दिसामा लाग्न अनुरोध गरे ।

कार्यक्रममा त्रिभुवन बहुमुखि क्याम्पसका स्ववियू सभापति मिलन घर्ती मगरले, देशका लागि इच्छुकले गरेको योगदानको कदर गर्दै उनले देखाएको बाटोमा टेकेर अघि बढ्नुपर्ने बताए।

अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष विज्ञान दूतराजले नेपालको राजनीति साहित्य र पत्रकारिता तिनै क्षेत्रलाई एकदमै बलियो र स्वच्छ बनाएर अगाडि बढाउनुपर्ने कुरालाई जोड्दै राज्यको विकासका लागि विद्यार्थीहरू पत्रकारहरू र राजनीतिज्ञहरू एकजुट भएर कृष्णसेन इच्छुकको विचारलाई अँगालेर अगाडि बढ्नुपर्ने बताएका थिए ।

कार्यक्रममा प्रेस सेन्टर नेपाल पाल्पाका अध्यक्ष कृष्ण दर्नाल र सचिव कमल अधिकारीले डिजिटल पत्रकारिता, सामाजिक सञ्जालको प्रयोग र समाचारको प्रभावका बारेमा सहभागीलाई जानकारी दिएका थिए।

तपाईको प्रतिक्रिया