तानसेनमा समृद्ध सहकारीको १३ औँ साधारणसभा

पाल्पा । पाल्पाको तानसेनमा अवस्थित समृद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १३ औँ वार्षिक साधारणसभा भव्य रूपमा सम्पन्न गरेको छ । संस्थाले सहकारीको सही सिद्धान्त र पारदर्शी कार्यशैली अपनाउँदा छोटो समयमै सदस्यहरूको मन जित्न सफल भएको देखिएको छ ।
साधारणसभाको उद्घाटन समारोहलाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै जिल्ला सहकारी संघ पाल्पाका अध्यक्ष भूपति पाण्डेयले सहकारीको सही मापदण्ड र सिद्धान्तलाई अक्षरशः पालना गरेकै कारण यो संस्थाले सदस्यहरू माझ बलियो विश्वास आर्जन गरेको बताए । अध्यक्ष पाण्डेयका अनुसार अहिलेको चुनौतीपूर्ण आर्थिक समयमा पनि संस्थाको यो प्रगति लोभलाग्दो छ ।

कार्यक्रममा विशिष्ट अतिथिको आसनबाट बोल्दै जिल्ला समन्वय समितिका मनोज आचार्यले सहकारीले पछिल्लो समयमा गरेको प्रगतिले स्थानीय अर्थतन्त्रमा ठूलो टेवा पु¥याएको बताए । त्यस्तै, संस्थाका संस्थापक अध्यक्ष चन्द्र बहादुर नेपालीले संस्थाले स्थापनाकालदेखि नै सदस्यहरूको हितलाई केन्द्रमा राखेर काम गरेकाले नै आज १३ औँ वर्षसम्म आइपुग्दा यो उचाइ प्राप्त गरेको धारणा व्यक्त गरे ।

कार्यक्रममा संस्थाका अध्यक्ष योगेन्द्र कुमार गैरेले वार्षिक प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष मीना कुमारी घर्तीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । लेखा संयोजक मित्रलाल नेपालीले लेखा सुपरिवेक्षण प्रतिवेदन प्रस्तुत गरेका थिए ।

साधारणसभामा उत्कृष्ट कर्मचारी, उत्कृष्ट बचतकर्ता, ऋणी तथा शेयर सदस्यहरूलाई सम्मान समेत गरिएको थियो । कार्यक्रम सहकारी संस्थामा अध्यक्ष योगेन्द्र गैरेको अध्यक्षता र ममता कोइराला दर्नालको स्वागत गितबाट कार्यक्रम सम्पन्न भएको थियो । सहकारीकी सचिव तुल्सी सुर्यवंशीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको