वन डढेलो नियन्त्रण गर्न सुरक्षा निकायलाई अग्नी नियन्त्रण औजार प्रदान

तानसेन। पाल्पामा गर्मी मौसम बढेसंगै आगलागी र वन डढेलोका घटनामा वृद्धि हुने हुँदा सम्भावित जोखिम कम गर्न सुरक्षा निकायलाई अग्नी नियन्त्रण औजार प्रदान गरिएको छ । जिल्ला वन सुरक्षा समन्वय समितिको बैठक बसेर तीन वटै सुरक्षा निकायलाई अग्नी नियन्त्रणका औजार प्रदान गरिएको हो।

वन डढेलो नियन्त्रण तथा व्यवस्थापन कार्ययोजना निर्माण गरी तीन वटै सुरक्षा निकाय, सामुदायिक वन तथा आठ वटै सव डिभिजन वन कार्यालयहरूलाई अग्नि नियन्त्रण औजार प्रदान गरिएको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहनप्रसाद श्रेष्ठले जानकारी दिए। अग्नी नियन्त्रण औजारमध्ये, स्वेटर, दाते, हेल्मेट, जेटसुटर लगायतका सामग्री हस्तान्त्रण गरिएको श्रेष्ठले बताए।

सामग्री हस्तान्त्रण गर्दै प्रमुख जिल्ला अधिकारी विनुबज्राचार्य कुवंरले आगलागीजन्य घटना कम गर्न औजारले सहयोग पुग्ने बताउनुभयो । उहाँले पहाडी जिल्ला भएका कारण सानो लापरबाहीले हुनसक्ने ठूलो क्षतिबाट जोगाउन सबै सुरक्षा निकायले डिभिजन वन कार्यालयलगायत सबै सरोकारवालाको समन्वयको आवश्यकता पर्ने उल्लखे गरिन् ।

पाल्पामा यसअघि डढेलो नियन्त्रणको पूर्व तयारीस्वरूप ज्वलनशील पदार्थको व्यवस्थापन गर्न सुरक्षाकर्मी, कर्मचारी, उपभोक्ता समूहलाई सिकाइका लागि अभ्यास समेत गरिएको छ। उता केही स्थानमा आगलागीका घटना समेत सुरु भएका छन्।

यसैबीच डिभिजन वन कार्यालय पाल्पाले आगलागीजन्य घटनाका लाष् िअनुगमन गर्न ड्रोनको प्रयोग गर्ने भएको छ। प्रविधिको प्रयोग गरी एकै पटक क्षेत्र क्षेत्रको अवलोकन गर्नका लागि यो विधि अपनाइने भएको कार्यालयका सूचना अधिकारी खिल बहादुर तामाङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer