रिब्दीकोटमा ‘एक बोट, सयको नोट’ कार्यक्रमः ‘फलफूल तथा जडिबुटी बगैँचा प्रवर्द्धन सम्बन्धि कृषक पाठशाला’

तानसेन । पाल्पाको रिब्दीकोट गाउँपालिकामा सञ्चालित रिब्दीकोट कृषि परियोजना (आरएपी) अन्तर्गत ‘एक बोट, सयको नोट’ कार्यक्रम अन्तरगत २ दिने कार्यक्रम सम्पन्न भएको छ। ग्रामीण आर्थिक विकास संघ (रेडा) को आयोजना तथा रिब्दीकोट गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा रिब्दीकोट गाउँपालिका वडा नम्बर ३ को वडा कार्यालय खस्यौलीमा सो कार्यक्रम सम्पन्न भएको हो।

आर्थिक समृद्धिका लागि साझेदारी कार्यक्रम ‘भोकालाई एक छाक भोजन होइन, जीवन जिउने जुक्ति सिकाऔँ’ भन्ने मूल नाराका साथ कृषि व्यवसायलाई प्रवर्द्धन गर्न यो कार्यक्रम सञ्चालन गरिएको आयोजकले जनाएको छ। कार्यक्रम अन्तर्गत फलफूल तथा जडिबुटी बगैँचा प्रवर्द्धन सम्बन्धी कृषक व्यावसायिक पाठशाला समेत सञ्चालन गरिएको थियाे ।

कार्यक्रममा छनौट भएका स्थानीय कृषकहरूलाई फलफूल एवं जडिबुटीहरूमा लाग्ने विभिन्न रोग तथा कीरा नियन्त्रण सम्बन्धी विस्तृत जानकारी प्रदान गरिएको थियो। कृषि प्राविधिकहरूले कृषकका समस्या पहिचान गर्दै रोग नियन्त्रणका उपायबारे सिकाएका थिए भने कृषकहरूलाई आवश्यक पर्ने केही किटनाशक औषधिहरू समेत वितरण गरिएको छ।

स्थानीय स्तरमा फलफूल र जडिबुटी खेतीको व्यावसायिक विकास गरी कृषकहरूको आम्दानी वृद्धि गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा स्थानीय जनप्रतिनिधि, कृषि प्राविधिक, आयोजक संस्थाका प्रतिनिधि तथा ठुलो सङ्ख्यामा कृषकहरूको सहभागिता रहेको थियो।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको