तानसेन। पाल्पाको भैरवस्थान र हार्थोकमा बजार अनुगमन गरिएको छ । रिब्दीकोट गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयसहित सरोकारवाला निकायसंगको समन्वयमा संयुक्त अनुगमन गरेको हो।
लुम्बिनी प्रदेश सरकारको उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण निर्देशनालयका निर्देशकसहिको टोली तथा जिल्लास्थित सरोकारवाला निकायको सहभागिताका भैरवस्थान मन्दिर आसपासका करिब २० वटा पसलको अनुगमन गरिएको हो ।
सो क्षेत्रमा अनुगमनका क्रममा व्यवसाय दर्ता तथा नविकरण नगरेको, मूल्यसूची नराखेको, म्याद नाघेका सामग्री समेत विक्रिका लागि राखेको जस्ता समस्या देखिएको अनुगमन टोलीका सहभागीले बताएका छन् ।
अनुगमन टोलीले व्यवसाय दर्ता, नविकरण र कानूनी मापदण्डमा संचालन गर्नुपर्ने विषयमा सचेत गराउनुका साथै अखाद्य र म्याद सकिएका घ्यूसहित केही थान पेय पदार्थ र खाद्य सामग्री जफत गरी नष्ट गरेको छ । यस्तै हार्थोक बजार क्षेत्रका ५२ वटा पसलहरुको अनुगमन गर्दा पाँच वटा पसलबाट विभिन्न म्याद नाघेका खाद्य सामग्री जफल गरि नष्ट गरिएको रिब्दीकोट गाउँपालिकाका प्रशासन शाखा प्रमुख तथा अनुगमन टोलीका संयोजक रुकलाल भट्टराईले जानकारी दिए ।
भैरवस्थान बजार क्षेत्रको अनुगमनमा सहभागी उद्योग वाणिज्य तथा उपभोक्ता संरक्षण निर्देशनालयका निर्देशक सारदा बस्यालले नियमित बजार अनुगमन अन्तरगत पाल्पाका केह ठाउँमा अनुगमन गरि व्यवसायीलाई सचेत बनाइएको र मापदण्ड विपरित विक्री वितरण गरिएका खाद्य सामग्री जफत गरी नष्ट गरिएको बताइन् ।
उनले निर्देशनालयले १२ वटै जिल्लामा अनुगमन गर्दै आएको बताउदै जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालयले वषभरी नै अनुगमन गरी व्यवसायीलाई सजक तथा उपभोक्तालाई सहज बनाउने कार्य गर्दै आएको बताइन् ।
रिब्दीकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेश भुसालले पालिकाको बजार अनुगमन निर्देशिका २०७४ बमोजिम बजार अनुगमन टोलीबाट नियमित रुपमा बजार अनुगमनका कार्य गरिदै आएको बताए ।
उनले खाद्य बस्तुको गुणस्तर कायम गर्नु तथा उपभोग गर्ने वस्तु मापदण्ड अनुसारको हुनुपर्नेमा पालिकाले कडाइका साथ निगरानी बढाएको बताए । व्यसायी र उपभोक्तालाई स्थानीय तहले नै संरक्षण गर्ने दायित्व भएको हुनाले बजार अनुगमनका कार्यलाई तीव्रता दिइएको बताए ।
अनुगमनका क्रममा हार्थोकमा करिब चार हजार रभैरवस्थानमा करिब ८ हजार बराबरको सामग्री जफत गरी नष्ट गरिएको अनुगमन टोलीले जनाको छ।



