पाल्पा। पश्चिम पाल्पाकाे लाइफलाइन मानिने हार्थोक-छहरा सडक खण्डकाे निर्माणाधीन कालोपत्रे (पक्की) सडक अन्तर्गतको बाटो निर्माण कार्य निरन्तर रूपमा सञ्चालन भइरहेको छ। तर, बाटो निर्माण हुन बाँकी रहेकाे स्थानकाे खाडलहरू तथा अप्ठ्यारा ठाउँहरूका कारण आवतजावतमा परेको समस्यालाई मध्यनजर गर्दै तत्काल सहजताका लागि नयाँ पहल सुरु गरिने भएको छ।
निर्माण व्यवसायीको कार्यक्षेत्रको अन्तिम बिन्दुदेखि थप रिब्दीकोट-७, बतासे बजारसम्मका खाडलहरू पुर्न र अप्ठ्यारा ठाउँहरूमा यात्रा सहज बनाउन आवश्यक काम गरिने भएको हाे। जसका लागि रिब्दीकोट गाउँपालिकाको तर्फबाट निर्माण व्यवसायीसँग समन्वय गर्न विशेष स्थलगत अध्ययन तथा अनुगमन गरिएको छ।
गाउँपालिकाका अध्यक्ष नारायण बहादुर कार्की र प्राविधिक शाखा प्रमुख इन्जिनियर पुरन कार्की सहितको टोलीले सडकको स्थलगत निरीक्षण गर्दै निर्माण पक्षसँग आवश्यक छलफल एवं समन्वय गरेकाे छ । पािलकाकाे अनुराेधमा समस्या देखिएका स्थानमा सडकका खाल्डाखुल्डी पुर्ने तथा नाली व्यवस्थापन गर्ने जस्ता कार्ग गर्नका लािग पालिका अध्यक्ष कार्कीले निर्देशन दिएका छन्र ।
छलफलपछि निर्माण व्यवसायीले सडकमा देखिएका यस्ता समस्याहरूलाई तत्काल समाधान गरी अन्य बाँकी निर्माण कार्यलाई तीव्रताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। जाेखिमपूर्ण यात्रा गर्दै अाएकाे स्थानमा सडकमा सुधार हुने भएपछि स्थानीय बासिन्दा तथा यात्रुहरूलाई आवतजावतमा थप सहज हुने विश्वास लिइएको छ।



