तानसेन। अन्तरपुस्ता महिलावादी मञ्चले ‘अनुपम अभियान’ अन्तर्गत पाल्पाको तानसेनमा कोणसभा सम्पन्न गरेको छ । मंगलबार मञ्चको देशको देशव्यापी कार्यक्रम अतररगत तानसेनस्थित आन्दोलन चोकमा कोणसभा गरिएको हो ।
कोण सभामा बोल्ने वक्ताहरुले महिलाको सामाजिक र राजनैनीतक अधिकारका बारेमा चर्चा गरेका थिए। उनीहरुले ८४ सालमा हुन निर्वाचनमा महिलाको सहभागिता र प्रतिनिधित्व बढाउने विषयमा समेत चर्चा गरेका थिए । पाँच वर्षे अभियानको चौथो वर्षमा कोणसभाको आयोजना गरिएको मञ्चले जनाएको छ ।
सभामा महिला सामुदायिक सेवा केन्द्र अध्यक्ष तथा मञ्चकी कार्यकारी सदस्य कल्पना न्यौपाने, मञ्चकी पाल्पा उपाध्यक्ष नरमती सिंजाली, अभियन्ता श्याममाया राना, तुलसी नेपाल, विना सुन्धौली, पार्वती विक, स्वस्तिका श्रेष्ठलगायतले राज्यका हरेक निकाय र तहहरूमा महिलाको समानुपातिक तथा अर्थपूर्ण प्रतिनिधित्व हुनुपर्नेमा जोड दिएका थिए ।
महिलाले संयम, सक्रिय र संगठित बन्दै समाजमा सकारात्मक र दोषारोपणरहित अभिव्यक्ति संस्कृति विकास गर्नुपर्ने बताउँदै उनीहरुले महिला तथा सीमान्कृत समुदायको हक, अधिकार र सम्मानजनक उपस्थिति सुनिश्चित गर्नका लागि हालसम्म ४६ जिल्लामा अभियान पुगेको हुँदा नेपालको विकास प्रक्रियालाई आत्मनिर्भर र सम्मानजनक बनाउन महिलाहरूको नेतृत्वदायी भूमिका अपरिहार्य रहेको उल्लेख गरेका थिए।
मञ्चकी सदस्य गोमा थापामगरका अनुसार २०७६ सालदेखि सुरु भएको मञ्चको अभियानले महिला अधिकार र सामाजिक न्यायका लागि निरन्तर आवाज उठाइरहेको बताइन् ।
अभियानले आगामी दिनहरुमा महिला सशक्तीकरण र नीतिगत तहमा महलिाको अर्थपूर्ण सहभागिताका लागि विभिन्न रचनात्मक कार्यक्रम गर्दै अघि बढ्ने जनाएको छ , यस्तै महिलाका लागि सामाजिक रुपान्तरण र आर्थिक ससक्तिकरण पनि मञ्चले सहयोग गर्दै आएको जनाएको छ ।






