पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य वृद्धि, यस्तो छ नयाँ मूल्यसूची

काठमाडौं। सरकारले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य वृद्धि गरेको हो ।

निगमका अनुसार प्रतिलिटर पेट्रोलमा रु ३, डिजेल र मट्टितेलमा रु २ र हवाई इन्धनमा प्रतिलिटर रु २० ले मूल्यवृद्धि भएको हो । यो मूल्य साउन १८ गते बिहान १ बजेदेखि लागू हुने समेत निगमले जनाएको छ ।

यो सँगै पेट्रोलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर रु १९७, दोश्रो वर्गका लागि प्रतिलिटर रु १९९ र तेश्रो वर्गका लागि २०० पुगेको छ । यसअघि क्रमशः पहिलो, दोश्रो र तेश्रो वर्गका लागि रु १९४, १९६ र १९७ मूल्य कायम रहेको थियो । त्यस्तै डिजेल र मट्टितेलको मूल्य पहिलो वर्गका लागि प्रतिलिटर १९७, दोश्रो वर्गका लागि १९९ र तेश्रो वर्गका लागि प्रतिलिटर रु २०० कायम भएको छ ।

यसअघि डिजेल र मट्टितेल क्रमशः पहिलो, दोश्रो र तेश्रो वर्गका लागि प्रतिलिटर रु १९२, १९४ र १९५ मा कायम थियो । त्यस्तै, हवाई इन्धनको मूल्य प्रतिलिटर २४९ पुगेको छ ।

यसअघि हवाई इन्धनको मूल्य प्रतिलिटर रु २२९ कायम थियो । एलपी ग्याँसको मूल्य भने यथावत राखिएको छ ।

761712055_2902815793391849_3768745556554810880_n

 

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको