गुल्मी । मुसिकोट नगरपालिकाका (रास्वपा) सुभाष जीसीले सरकारको राजीनामा माग गरेका छन् । जीसीले आफ्नो फेसबुकमार्फत ग्यास सिलिन्डरको तस्वीर सार्वजनिक गर्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।
सभापति जीसीले जनताले दिएको विश्वासको सरकारले मूल्य चुकाउनुपर्ने भए पनि त्यसअनुसार काम हुन नसकेको बताएका छन् । उनले आफू आफ्नो पासभापति र्टी र सरकारको कमजोरीमा ताली बजाउने ‘अन्धभक्त’ नभएको भन्दै सुधारका लागि निरन्तर खबरदारी गर्ने बताएका छन् ।
उनले देशमा देखिएको ग्यास अभावप्रति सरकार गम्भीर बन्नुपर्ने र ग्यास अभाव गराउने तथा कालोबजारी गर्नेहरूमाथि निर्मम कारबाही गर्न सरकारसँग माग गरेका छन् । जीसीले फेसबुकमा लेखेका छन्, -“जनताले दिएको विश्वासको मूल्य सरकारले चुकाउनु पर्ने थियो तर त्यसो भइरहेको छैन। म आफ्नो पार्टी र सरकारको कमजोरीमा ताली बजाउने अन्धभक्त होइन, सुधारका लागि खबरदारी गर्ने छु।” साथै उनले सरकारले ग्यास अभाव गराउने कालोबजारीमाथि निर्मम कारबाही गर्नुपर्ने बताएका छन् ।
सरकारको कामप्रति आफ्नै पार्टीका स्थानीय नेताबाटै सार्वजनिक रूपमा असन्तुष्टि व्यक्त भएपछि जीसीको यो अभिव्यक्तिलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।






