सुख्खा पहिरोले सिद्धार्थ राजमार्ग अवरुद्ध, पहिरो रोकिएपछि सडक खुलाइने

तानसेन । सुख्खा पहिरो खसेपछि सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तानसेन-बुटवल सडक खण्ड अवरुद्ध भएको छ । बुधबार बिहान तिनाउ गाउँपालिका–३, सिद्धबाबा सुरुङमार्ग क्षेत्रमा पहिरो खस्दा राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको हो।

सुरुङमार्ग प्रवेश गर्ने बिन्दुबाट करिब १०० मिटर उत्तरतर्फ सडक माथिबाट निरन्तर पहिरो खसिरहेको छ । उक्त राजमार्गको तिनाउ-३ मा पर्ने नागको थान नजिकै बिहानदेखि सडक माथिबाट माटो तथा ढुंगा झर्ने क्रम सुरु भएको हो । पहिरो झर्ने क्रम जारी रहेकोले तत्काल सडक खुलाउने काम सुरु गर्न नसकिएको सुरुङमार्ग आयोजनाले जनाएको छ ।

पहिरो रोकिएपछि मात्रै सडकबाट पहिरो हटाएर यातायात सञ्चालनमा ल्याउने तयारी गरिएको छ।  राजमार्ग अवरुद्ध भएपछि पाल्पा–बुटवल सडकखण्डमा आवागमन प्रभावित भएको छ । सडक खुलाउन पहिरो रोकिएपछि आवश्यक उपकरण परिचालन गरी काम सुरु गरिने आयोजनाले जनाएको छ ।

बिहानैदेखि सडक बन्द भएपछि सवारी आवागमन प्रभावित भएको तिनाउ-३ का जनप्रतिनिधि टंक बस्यालले जानकारी दिए ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको