पाल्पा महोत्सवमा नचाए पशुपति शर्माले

तानसेन । जारी ‘पाल्पा महोत्सव’मा बिहीवार चर्चित गायक पशुपति शर्माले दर्शकलाई नचाए ।

बुधवारका लागि तानसेन आएपनि वर्षाका कारण बिहीवार मात्रै प्रस्तुति दिएका पशुपतिका अधिकांश गीतमा दर्शकहरु मज्जाले नाचे । ‘मलाई अमेरिका यही’, ‘क्यार्न माया मारिछौ’, ‘सारंगी र्याइँ र्याइँ’, ‘स्याङजा जाने बाटैमा तनहुँ’, ‘छनत मै राम्रो छैन’ लगायतका गीत प्रस्तुति गर्दा दर्शकहरु ताली बजाएर, हुटिङ गरेर एवं नाचेर उनको प्रस्तुतिमा रमाए ।

पशुपतिले केही समय गायिका सीता रानासँग दोहोरी समेत गाए ।

बिहीवार चर्चित पाल्पाली गायक नवीन पौडेलले पनि आफ्ना प्रस्तुतिमार्फत दर्शकलाई नचाउन सफल रहे । उनले आफ्ना चर्चित गीतहरु महोत्सवमा प्रस्तुत गरे ।

गायिका सीता रानासँगै हास्य कलाकार बिष्णु जी पाण्डेको प्रस्तुति पनि बिहीवार दर्शकका लागि विशेष रह्यो ।

त्यस्तै, गायक गणेश न्यौपानेले समेत विहीवार सांगीतिक प्रस्तुति दिए । आठौं दिन (बिहीवार) महोत्सवमा दर्शकको उपस्थिति पनि उल्लेखनिय रह्यो ।

पाल्पा उद्योग वाणिज्य संघले वैशाख १४ गतेबाट सुरु गरेको महोत्सव वैशाख २४ गतेसम्म चल्दैछ ।

तपाईको प्रतिक्रिया

Copyright © nayadhar.com 2026 | All rights reserved.

Developed by : Namuna Computer