तानसेन। ऐतिहासिक रणउर्जेश्वरी भगवती जात्राको अवसरमा पाल्पामा खुल्ला पुरुष तथा महिला भलिबल प्रतियोगिता हुने भएको छ । श्रीनगर भलिबल क्लवको आयोजनामा तानसेनको टुँडिखेल मैदान मैदानमा साउन २८ गतेदेखि भदौ १ गतेसम्म प्रतियोगिता हुने भएको हो ।
क्वलले शुक्रबार पत्रकार सम्मेलन गरी खेल क्षेत्रको विकाससँगै राष्ट्रिय खेलाडी उत्पादन गर्ने उद्देश्यले ‘दोस्रो रणउज्जेश्वरी भगवती कप २०८२’ प्रतियोगिता आयोजना गर्न लागिएको जनाएको छ । क्लवका अध्यक्ष कृष्णबहादुर आलेले खेलको माध्धयमबाट मानिसलाई शारीरिक, मानसिक र अनुशासन बनाउन सकिने हुँनाले प्रतियोगिता गर्न लाएिको बताए ।
“क्वलमार्फत विगतदेखि नै विभिन्न प्रतियोगिताहरु गरिदैँ आएका छौं, ऐतिहासिक जात्रौ अवसरमा पनि प्रतियोगिता गरेर खेल पर्यटन विकास र विस्तारमा पनि क्वलले काम गर्न लागेको हो। हामीसंग पर्याप्त स्रोत छैन् ।”, उनले थपे,-” स्थानीय तहहरुसंग सहयोग मागरेर खेल संचालन गर्नुपर्ने छ । तर स्थानीय तहहरुले युवा तथा खेलकुदका लागि खासै चासो नदिने हुँदा प्रतियोगिता संचालन गर्न समस्या हुने गरेको छ । हामी सहयोग नजुटे क्लकै साथीहरुले रकम उठाएर भएपनि प्रतियोगिता सम्पन्न गर्ने अठोटका साथ अघि बढेका छाैं।” अध्यक्ष आलेले भने ।
प्रतियोगितामा पुरुष भलिबलतर्फ प्रथम हुनेले एक लाख ७५ हजार, द्धितिय हुनेले एक लाख २५ हजार, तृतिय हुनेले ६० हजार र सान्तवना हुनेले ३० हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै महिला भलिबलतर्फ प्रथम हुनेले ३० हजार, द्धितिय हुनेले २० हजार, तृतिय हुनेले १० हजार र सान्तवना हुनेले ५ हजार नगदसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रतियोगितामा विभिन्न विधामा उत्कृष्ट हुने खेलाडीलाई पनि पुरस्कृत गरिने कार्यक्रम छ । पुरस्कारसहित प्रतियोगिता व्यवस्थापनका लागि १८ लाख २८ हजार ६ सय बराबरको खर्च अनुमान गरिएको क्लवका सचिव एवं खेल संयोजक दिपक चोहानले बताए। प्रतियोगितामा १० टिमसम्मको सहभागिता रहने अनुमान गरिएको छ ।
प्रतियोगिता हुने समयमा श्रीकृष्ण जन्माष्टमी तथा ऐतिहासिक भगवती जात्रा परेकाले पनि खेलाडी र दर्शकहरुको उल्लेखीय सहभागिता रहने क्लवले जनाएको छ ।



