कालीगण्डकी डाइभर्सन रोक्न र घरेलु मदिरालाई वैधानिक बनाउन पहल गर्छुः हुम सुनारी मगर

तानसेन। नेपाली कम्युनिष्ट पार्टी, प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ का उम्मेद्वार हुम बहादुर सुनारी मगरले कालीगण्डकी डाइभर्सन रोक्नुपर्ने बताएका छन् । चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै सुनारीले कालीगण्डकीको मौलिकता बिग्रिन दिन नहुने दावी गरे ।

उम्मेद्वार सुनारीले तानसनेमा पत्रकार सम्मेलनमार्फत आफ्नो चुनावी प्रतिबद्धता सार्वजनिक गर्दै भने, -“कालीगण्डकी हाम्रो सभ्यता बोकेको सम्पदा हो, हामीले कालीगण्डकीलाई डाइभर्सन गरेर होइन्, यसको सभ्यतालाई संरक्षण गरेर स्थानीयको आयआर्जनसंग जोड्नका लागि योजना बनाएको छु । कालीगण्डकीको सभ्यता जोगाउँदै हुँगीमा ड्याम बनाएर विद्युत उत्पादन गर्ने योजना बनाउनुपर्छ।” उनले भने ।

उम्मेद्वार सुनारी मगरले पूर्वी पालपा आदीवासी जनजातिका बहुल्यता रहेको क्षेत्र भएका कारण घरेलु मदिरा (तीनपाने रक्सी) लाई गर्नका ब्रान्डिङ्ग गर्न पहल गर्ने बताए ।

उनले पाल्पामा प्रसिद्ध तीनपाने रक्सीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा ब्रान्डिङ गरी स्थानीय उत्पादनलाई आर्थिक समृद्धिको आधार बनाउने योजना रहेको  बताए । “तीनपाने रकसी हाम्रो पहिचान हो, यसलाई व्यवस्थित उत्पादन, गुणस्तर मापदण्ड र बजार विस्तारमार्फत रोजगारी र आम्दानीसँग जोड्नेछौं,” उनले भने ।

उम्मेद्वार सुनारीले रामपुरलाई पर्यटकीय शहर बनाउने, आर्यभञ्ज्याङ्ग ताहुँ रामपुर सडक खण्डलाई स्तरउन्नति गर्ने, कृषि, पशुपालन र पर्यटन पूर्वाधार निर्माण गर्ने लगायतका योजना आफूले राखेको बताए। प्रतिबद्धतामा उम्मेद्वार सुनारीले पूर्वी पाल्पाको समग्र विकासका लागि खाका तयार गरेको जनाएका छन् । उनले आफू निर्वाचन भएमा पूर्वी पाल्पाको पहिचान, कृषि उत्पादन र प्राकृतिक स्रोत संरक्षणलाई प्राथमिकतामा राखेर चुनावी अभियान अघि बढाएको स्पष्ट पारे ।

उम्मेद्वार सुनारीले ग्रामीण सडकको स्तरउन्नति, स्थानीय पूर्वाधार विकास, युवालाई रोजगारी सिर्जना, शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार तथा पर्यटन प्रबर्द्धनलाई पनि प्राथमिकता दिने बताएका छन् । पाल्पा–१ मा विकास र संरक्षण सँगसँगै लैजान आफ्नो उम्मेदवारी रहेको उनको दावी छ ।

सम्बन्धित खवर

ताजा अपडेट

धेरै हेरिएको